विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १४, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सोलुखुम्बुमा निर्माण भएको ६७० किलोवाटको सल्लेरी च्याल्सा लघुजलविद्युत् आयोजनाको बिजुली केन्द्रीय प्रसारण लाइनमा जोडिएको छ । ग्रिडमा बिजुली जोडिएसँगै आज (फागुन १४ गते) बाट जिल्ला लोडसेडिङमुक्त भएको छ ।

सल्लेरी च्याल्सा जलविद्युत् कम्पनी लिमिटेडले निर्माण गरेको आयोजनाको बिजुली नेट मिटरिङ विधिबाट केन्द्रीय प्रणालीमा जोडिएको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताए । आयोजना यसअघि ग्रिडबाहिर रहेको हुँदा लोडसेडिङ हुँदै आएको थियो ।

सोलुखुम्बुमा यसअघि बिहान २ र साँझ २ घन्टा लोडसेडिङ हुने गरेको प्राधिकरण सोलु वितरण केन्द्रका प्रमुख डेगराज पौड्यालले बताए । ‘नेट मिटरिङ विधीबाट ग्रिडमा जोडी परीक्षण भइरहेको छ, करिब एक महिनासम्म यसरी नै जोडिनेछ,’ उनले शुक्रबार ऊर्जा खबर भने, ‘यसमा कार्यकारी निर्देशकदेखि प्रादेशिक प्रमुखसम्म सबैको अथक मिहिनेत छ ।’

२०४७ सालमा स्वीस सरकारको ३३ प्रतिशत, प्राधिकरणको ३३ प्रतिशत र स्थानीयबासीको ३३ प्रतिशत लगानीमा आयोजना निर्माण भएको थियो । ग्रिडबाहिर रहेको हुँदा पनि यसअघि लोडसेडिङको समस्या थियो । त्यहाँको विद्युत् वितरण भने भूमिगत लाइनबाट गरिएको पौड्यालले जानकारी दिए ।

सोलुमा चालू आवको भदौदेखि हालसम्म प्राधिकरणका ग्राहक १ हजार पुगेका छन् । अब सोलु–दूधकोसी, नेचा–सल्यान लगायत गाउँपालिकामा ग्राहकहरू थपिने क्रम बढिरहेको पनि उनले बताए । उनका अनुसार अब सोलु–दूधकोसी गाउँपालिकामा ३ हजार, नेचा–सल्यान गाउँपालिकामा २ हजार र थुलुङ–दूधकोसी गाउँपालिकामा १५ सय ग्राहक थपिँदैछन् ।

यसैगरी, महाथुलुङ गाउँपालिकामा विद्युतीकरण गर्न सामुदायिक ग्रामीण विद्युतीकरण विभागले करिब १५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । यसको ठेक्का प्रक्रिया अगाडि बढेको पौडेलले बताए । यद्यपि, काम गर्न पर्याप्त कर्मचारी नरहेको उनले गुनासो गरे ।

केन्द्रका अनुसार सोलु वितरण केन्द्रमा जम्मा ५ जना स्थायी कर्मचारी छन् । ताकि, देशका अन्य वितरण केन्द्रमा एक–डेढ सयसम्म कर्मचारी रहने व्यवस्था छ । यसलाई माथिल्लो निकायले संवेदनशील रूपमा ध्यान दिनुपर्ने पौड्यालको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit