विद्युत अपडेट

  • प्राधिकरण : ८९२६ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३८४२ मे.वा.घन्टा
  • निजी क्षेत्र : २९७६५ मे.वा.घन्टा
  • आयात : ३६८० मे.वा.घन्टा
  • निर्यात : ४१९२ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५६२१३ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २६२९ मे.वा.
२०८३ जेठ ३०, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को सञ्चालक समितिको अध्यक्षमा सुरेन्द्रराज रेग्मी नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको बुधबार बसेको १८५ औँ बैठकले ग्लोबल आइएमई बैंक लिमिटेडको प्रतिनिधित्व गर्दै सञ्चालक रहेका रेग्मीलाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

यसअघि बैंकको संस्थापक विशाल ग्रुप लिमिटेडको प्रतिनिधित्व गर्दै सञ्चालक समितिको अध्यक्षको भूमिकामा रहेका अनुज अग्रवालले पदबाट राजीनामा दिएका थिए । उनको राजीनामापछि रिक्त पदमा रेग्मीलाई नियुक्त गरिएको संस्थाले जनाएको छ । 

यसैगरी, विशाल ग्रुप लिमिटेडका तर्फबाट अग्रवालको स्थानमा दीपककुमार अग्रवाललाई बुधबारदेखि नै लागु हुने गरी नयाँ सञ्चालक सदस्यका रूपमा नियुक्त गरिएको छ । 

२०७५ साल फागुनमा स्थापना भएको बैंकले जलविद्युत्‌सहितका ऊर्जा उत्पादन आयोजना, विद्युत् प्रसारण पूर्वाधार तथा अन्य क्षेत्रका विविध पूर्वाधारको विकासमा लगानी गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३