विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । हुम्लाको सदुमुकामसँग जोडिएको खार्पूनाथ गाउँपािलका वडा नम्बर २ का २५० घरधुरीमा सोलार प्यानल जडान गरिएको छ । बिजुली नपुगेका यस गाउँपालिकाकाे वडामा सोलार प्यानल जडान गरिएको हो ।

वडाका २५० घरधुरीका लागि प्रत्येक घरमा एक सय एम्पियरको ब्याट्री र १०० वाटका प्यानल जडान गरिएकाे छ ।  खार्पुनाथ–४ स्थित सीता माध्यमिक विद्यालयमा पनि १० किलोवाटको सोलार प्यानल जडान गरी सञ्चालनमा ल्याएको छ ।

गाउँपालिकाको समन्वय र कर्णाली प्रदेश सरकारको आर्थिक सहयोगमा सोलार प्यानल जडान गरिएको हो । सरकारले यस कामका लागि साढे २ करोड रुपैयाँ बजेट खर्च गरेको छ ।

सोलार प्यानल, ब्याट्री खरिददेखि ढुवानी र जडान कार्य पनि सम्पूर्णरुपमा निःशुल्क गरिएकाे हाे । खर्पूनाथ गाउँपालिका यस अघि घाम लागेको बेला सोलारको टुकी र नलागेका बेला सल्लाको दियालो बाल्दै आएका थिए । हाल खर्पुनाथ गाउँपालिका एकैपटक पाँच बत्ती बल्ने सोलार प्यानल जडान गरिएको छ ।

घाम लागेका बेला सोलार टुकी र नलागेका बेला सल्लाको दियालो बाल्दै आएका खार्पुनाथ  वडा नम्बर २ का घरमा एकैपटक पाँच बत्ती बल्ने सोलार जडान भएका छन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit