विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १५, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । हाइड्रो इलेक्ट्रीसिटी इलन्भेष्मेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमीटेड (एचआइडिसीएल) मा विभिन्न तहमा रोजगारीको अवसर खुलेको छ । कम्पनीले रिक्त स्थानमा लोकसेवा आयोगले लिने खुल्ला प्रतियोगितात्मक लिखित परीक्षाबाट स्थायी पदपूर्ति गर्न आवेदन खुलाएको हो ।

कम्पनीले ५ तहदेखि ८ तहसम्मका १० कर्मचारी मागेको छ । कम्पनीले ८ तहका ४ जना प्रबन्धक मागेको छ । २ जना प्रशासनका लागि र २ जना जलविद्युत प्राविधिकको रिक्त पदपूर्ति गर्न आवेदन खुलाएको कम्पनीले जनाएको छ ।

प्रशासन तर्फ एकजनाका लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट स्नाकोत्तर उपाधि हासिल गरेको हुनेपर्नेछ । बाँकी एकजनाका लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट व्यवस्थापन संकायबाट वित्त वा लेखा मुल विषय लिई स्नाकोत्तर उपाधि हासिल गरेको हुनुपर्नेछ । साथै, दुवैजनाका लागि नेपाल सरकार वा संगठित संस्थाको अधिकृत स्तरको कम्तिमा ५ वर्षको अनुभव हुनुपर्नेछ ।

यस्तै, प्राविधिकका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट जलविद्युत वा जलस्रोत सम्बन्धि इन्जिनियरीङ विषयमा स्नातकोत्तर उपाधि हासिल गरी जलविद्युत डिजाईन, निर्माण वा उत्पादनको कार्यमा कम्तिमा ५ वर्षको अनुभव भएको हुनुपर्नेछ ।

यस्तै, ७ तहको लागि प्रशासन तर्फ २ जना वरिष्ठ अधिकृतको रिक्त पदपूर्ति गर्न आवेदन खुलाएको छ । यसका लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट व्यवस्थापन संकायबाट वित्त वा लेखामा स्नातकोत्तर उपाधि हासिल गरी चार्टर्ड उकाउन्टेन्सी उत्तीर्ण गरी नेपाल चार्टर्ड एकाउन्टेन्स संस्थाको सदस्यता प्राप्त गरेको हुनुपर्नेछ ।

तह ६ को लागि २ जना अधिकृत माग गरेको छ । अधिकृतका लागि व्यवस्थापन संकायबाट वित्त र लेखा विषयमा स्नातक र चार्टर्ड एकान्टेन्सी उत्तिर्ण गरेको हुनेपर्नेछ ।

तह ५ का लागि २ जना वरिष्ठ सहायकको रिक्त पदपूर्ति गर्न आवेदन खुलाइएको कम्पनीले जनाएको छ । कम्पनीका अनसार यसका लागि ११ र १२ का प्रत्येक विषयमा न्युनतम डि प्लस र सिजिपिए १.६ प्राप्त गरेको हुनुपर्नेछ । साथै, कम्पनीले कार्यक्षमता मुल्याङकनका आधारमा ९ तहको वरिष्ठ प्रबन्धक पदमा एकजनाको बढुवा गर्ने भएको छ ।

योग्य इच्छुक व्यक्तिले आगामी असोज १४ गतेभित्र आवेदन दिइसक्नु पर्नेछ । आवेदकले बायोडाटा, नेपाली नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि र पासपोर्ट साइजको फोटोसहित दरखास्त आवेदन पेश गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit