विद्युत अपडेट

  • प्राधिकरण : ८२०४ मे.वा.घन्टा
  • सहायक कम्पनी : ८५३० मे.वा.घन्टा
  • निजी क्षेत्र : २५८१३ मे.वा.घन्टा
  • आयात : ३८२८ मे.वा.घन्टा
  • निर्यात : ३८३७ मे.वा.घन्टा
  • ट्रिपिङ : ४० मे.वा.घन्टा
  • ऊर्जा माग : ४६४१५ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २१५१ मे.वा.
२०८३ जेठ ४, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । ऊर्जा डेभलपर्स प्रालिले आफ्नो कम्पनी अन्तर्गतका आयोजनाहरुका लागि आयोजना प्रबन्धक (प्राेजेक्ट म्यानेजर) पदमा विज्ञापन खुला गरेको छ । कम्पनीले कम्तिमा सिभिल इन्जिनियरिङमा स्नातक वा कन्स्ट्रक्सन म्यानेजमेन्टमा स्नातककोत्तर गरेका योग्य उम्मेदवारहरूबाट उक्त पदमा दरखास्त आह्वान गरेको छ । कम्पनीले वरिष्ठ आयोजना प्रबन्धक र आयोजना प्रबन्धक पदका लागि विज्ञापन आवह्वान गरेको हो । 

वरिष्ठ आयोजना प्रबन्धक पदका लागि हाइड्रो पावर परियोजना व्यवस्थापनमा स्नातक उत्तीर्ण गरी न्यूनतम १५ वर्षको अनुभव भएको तथा स्नातककोत्तर उत्तीर्ण गरी १० वर्ष अनुभव भएका इच्छुक उम्मेदवारले उक्त पदका लागि आवेदन दिन सक्नेछन् । 

कम्पनीको विज्ञापनमा उल्लेख भए अनुसार आयोजना प्रबन्धक पदका लागि हाइड्रो पावर परियोजना व्यवस्थापनमा स्नातक तह उत्तीर्ण गरी १० वर्ष काम गरेको तथा स्नातकोत्तर तह उत्तीर्ण गरी यस क्षेत्रमा ७ वर्ष काम गरेको अनुभव हुनुपर्ने छ ।  

यी पदका लागि आवेदन दिन कम्तिमा ३० मेगावाट क्षमतासम्मको परियोजनामा परियोजना प्रमुख भई काम गरिसकेको अनुभव हुनुपर्ने प्रावधान राखिएको छ । 

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३