विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २१, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । भाेजपुरको हतुवागढी गाउँपालिका–१ को फलाटे र लालटे गाउँमा राष्ट्रिय प्रसारण प्रणालीको विद्युत् पुगेकाे छ  । नेपाल विद्युत् प्राधिकरण भोजपुर वितरण केन्द्रले विद्युतीकरण विस्तार गरी गाउँपालिकाको उक्त दुई गाउँमा विद्युत् पहुँच पुर्‍याएको हो ।

प्राधिकरणका प्राविधिक काजीमान राईले फलाटे र लालटे क्षेत्रमा राष्ट्रिय प्रसारण प्रणालीको विद्युत् पहुँच पुगेको बताए । उनका अनुसार विद्युतीकरण विस्तारपछि गाउँका १ सय घरधुरीमा विद्युत् सेवा पुगेको छ । अहिले ३५ घरधुरीमा विद्युत् मिटरसमेत जडान भइसकेको छ ।

विद्युत पहुँच पुगेपछि गाउँको जनजीवन सहज भएको फलाटे गाउँका भीम परियारले बताए । ‘बिजुली कहिले आउला र घर उज्यालो होला भन्ने लागेको थियो, तिहारको समयमा नै घरमा बिजुली बाल्न पाइयो, हामी खुसी छौं,’ उनले भने ।

भोजपुर सदरमुकामबाट दक्षिणमा गाउँपालिकाको दुई टोलमा विद्युत् सेवा पुगेसँगै सो क्षेत्रका करिब एक सय घरधुरीले विद्युत् सेवा उपयोग गर्न पाउने नेपाल विद्युत् प्राधिकरण भोजपुर वितरण केन्द्रका प्रमुख रामबाबु चौधरीले बताए । ‘गाउँपालिका क्षेत्रमा विद्युतीकरण गर्ने कार्यअन्तर्गत ती दुई वडामा पनि विद्युतीकरण कार्य गरिएको हो’, उनले भने ।

घरमा बिजुली बाल्न पाएपछि सो क्षेत्रका आम नागरिककमा खुसियाली छाएको छ । स्थानीय रामबहादुर सुवेदीका अनुसार वर्षौंदेखि घरमा बिजुली बाल्ने चाहना अहिले आएर पूरा भएको छ । ‘गाउँ बस्तीमा पुगेको बिजुलीले चमक थपेको छ उनले भने, ‘गाउँमा विद्युतीकरण हुनु पनि विकासको एउटा फड्को हो । 

गाउँमा विद्युतीकरण भएपछि बाँकी रहेका अन्य घरमा पनि विद्युत् मिटर उपलब्ध गराइने प्राधिकरणले जनाएको छ । जिल्लामा करिब ८१ प्रतिशत विद्युतीकरण भइसकेको छ भने विद्युतीकरणका लागि धैरे बाँकी रहेको आमचोक र साल्पासिलिछो गाउँपालिका क्षेत्रमा पनि पूर्ण विद्युतीकरणका लागि बोलपत्रमार्फत कार्य अघि बढ्ने प्राधिकरणका कर्मचारी दुर्गानन्द चौधरीले बताए । जिल्लामा हाल राष्ट्रिय प्रशारण केन्द्रबाट २४ हजार घरधुरीले विद्युत सेवा उपयोग गरी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit