विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । विद्युत विकास विभागले एक वर्षको अवधिमा ४४ प्रसारण लाइन आयोजनालाई अध्ययन अनुमति दिएका छन् । विभागले ४०० केभीदेखि ३३ केभी क्षमताका करिब ४ दर्जन आयोजनालाई अध्ययन अनुमति दिएको हो ।

विभागका अनुसार अध्ययन अनुमति पाएका आयोजनाहरू नेपाल विद्युत प्राधिकरण तथा निजी क्षेत्रले निर्माण अघि बढाएका छन । निजी क्षेत्रको निर्माणको चरणमा रहेको, र निर्माणमा जाने तयारीमा रहेको जलविद्युत आयोजनाको विद्युत प्रवाह गर्न अध्ययन अनुमति लिएका छन ।

अध्ययन अनुमतिपत्र जारी भएका प्रसारण लाइनको क्षमता ४०० केभी, २२० केभी, १३२ केभी, ६६ केभी र ३३ केभी छन । ४०० केभी क्षमताका ३, २२० केभी क्षमताका ९, १३२ केभी क्षमताका १४, ६६ केभी क्षमताको १ र ३३ केभी क्षमताका १७ आयोजनाले अध्ययन अनुमति पाएको विभागको तथ्यांकमा उल्लेख छ ।

४०० केभी क्षमताका इनरुवा–अनारमानी प्रसारण लाइनले २०७९ जेठ ६ गते अध्ययन अनुमति पाएको थियो । यो प्रसारण लाइनको अध्ययन अनुमति प्राधिकरणले पाएको हो । यस्तै, अर्को आयोजना पश्चिम सेती–दोदोधारा प्रसारण लाइनको अनुमति राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेड र मुगु–कर्णालीको विद्युत उत्पादन कम्पनी लिमिटेडले आवेदन पाएको विभागले जनाएको छ । यस्तै, अहिलेसम्म १५७ प्रसारण लाइन आयोजनाको अध्ययन भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit