images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १८, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । अन्तर्राष्ट्रिय जलविद्युत् संघ (आइएचए) का उपाध्यक्ष सुशील पोखरेलले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा जलविद्युत् लगायतका हरित ऊर्जामा लगानीको लागि गन्तव्य मुलुक बनाउन पहल गर्ने बताए । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) ले राखेको बधाई कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

इपान र आईएचएको सहकार्यमा ऊर्जा क्षेत्रमा काम गर्ने पनि पोखरेलले बताए । इपानले एक कार्यक्रम आयोजना गरी इपानको सल्लाकारसमेत रहेका पोखरेललाई आईएचएको उपाध्यक्षमा निर्वाचित भएकोमा सम्मानपत्रसहित बधाई तथा शुभकामना दिएको छ । कार्यक्रममा इपानका अध्यक्ष गणेश कार्कीले पोखरेललाई सम्मानपत्र प्रदान गर्दै नेपालको जलविद्युत् क्षेत्रमा विदेशी लगानीकर्ता ल्याउनका लागि पोखरेलले अन्तर्राष्ट्रिय मञ्चमा पहल गर्ने विश्वास व्यक्त गरे । पोखरेलले आईएचएमा नेपालको प्रतिनिधित्व गर्दै गर्दा नेपालको ऊर्जा क्षेत्र र यस क्षेत्रको छाता संगठन इपानलाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउन महत्त्वपूर्ण भूमिका खेल्ने इपानको अपेक्षा रहेको उनले सुनाए ।

उपाध्यक्ष पोखरेलले आईएचएको साधारणसभामा नेपालको जलविद्युत् लगायतका ऊर्जा क्षेत्रमा लगानीको लागि सहि समय छ भन्ने सन्देश दिएको र नेपालको बारेमा सुन्दा उनीहरू निकै उत्साहित भएको बताए । उनले २०२५ को साधारणसभा युरोपमा हुने र त्यतिबेला नेपालबाट थप व्यक्तिहरू बोर्डमा जानेगरी तयारी गर्न इपानका पदाधिकारीहरूलाई आग्रह गरे । उनले २०२७ मा हुने साधारणसभा नेपालमा गर्नको लागि अहिले देखि नै लागि पर्ने पनि बताए ।

नेपालमा लगानीका लागि राम्रो छ भनेर मात्रै नहुने भन्दै साँच्चै विदेशी लगानीकर्ता ल्याउने हो भने यो कारणले नेपाल उतकृष्ट छ भनेर जानुपर्ने पोखरेलको धारणा छ । आइएचएमा जलविद्युत् उत्पादनमा सक्रिए विश्वका १२० देशका जलविद्युत् प्रवर्द्धक, उपकरण उत्पादक, कन्सलट्यान्ट लगायत यस क्षेत्रमा सक्रिय विभिन्न कम्पनीहरू सदस्य रहन्छन् । आएइचएमा नेपालबाट बीजबेल, ऊर्जा डेभलपर र हाइड्रो कन्सल्ट गरी ३ वटा कम्पनीहरू मात्र सदस्य रहेका छन् । आइएचएमा सेन्ट्रल एसिया र साउथ एसिया क्षेत्रका नेपाल, भारत, भुटान, बंगलादेश, पकिस्तान, ताजकिस्तान लगायतका २८ देशको प्रतिनिधित्व गरेर आइएचएको बोर्ड उपाध्यक्ष हुने पोखरेल एक्ला व्यक्ति हुन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit