images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १७, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । संखुवासभामा ४ मेगावाटको साबा खोला जलविद्युत आयोजना निर्माण गरी सञ्चालनमा ल्याएको दिव्यश्वरी हाइड्रो पावरको खुद नाफा करिब २२ लाख घटेको छ । कम्पनीले सार्वजानिक गरेको आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासको वित्तीय विवरणमा नाफा घटेको देखिएको हो । 

साउनदेखि असोजसम्मको अवधिमा ७ लाख ३८ हजार रुपैयाँ खुद नाफा कमाएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार गत वर्ष यही समयअवधिमा २९ लाख ३७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

यो अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ३ करोड २१ लाख ५ हजार रुपैयाँ आम्दानी गरको छ  । गत वर्षको तुलनामा विद्युत बिक्रीबाट भएको आम्दानी बढेकाे हो । गत वर्ष कम्पनीले विद्युत विक्रीबाट २ करोड ७ लाख १ हजार रुपैयाँ मात्र आम्दानी गरेको थियो । 

यस्तै, कम्पनीले अन्य स्रोतबाट भने १० लाख रुपैयाँ आम्दानी गरेको छ । अघिल्लाे  वर्ष १० लाख नै आम्दानी गरको थियो । कम्पनीको संखुवासभामा ४ मेगावाटको सभा खोला जलविद्युत आयोजना सञ्चालनमा छन् । यो आयोजनानले २०७४ असोज ४ गतेदेखि निरन्तर विद्युत उत्पादन गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit