विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २२, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । बजारमा आउन लागेका नयाँ इन्जिनियरहरूलाई इन्टर्नसिपसहित रोजगारीको व्यवस्था मिलाउने गरी कस्मिक इलेक्ट्रिकल इन्जिनियरिङ एसोसियट प्रालि र काठमाडौं इन्जिनियरिङ कलेज (केईसी) बीच आज (फागुन १८ गते) एक आपसमा समझदारी भएको छ ।

समझदारी अनुसार केईसीमा इन्जिनियरिङ चौथो वर्षको पढाई पूरा गरेर नतिजा कुरिरहेका विद्यार्थीहरूलाई कस्मिक इन्जिनियरिङले पेड इन्टर्नसिपको व्यवस्था मिलाइने छ । विद्यार्थीहरूको कार्यसम्पादन र कम्पनीको आवश्यकताका आधारमा नियुक्ति समेत गर्ने समझदारी भएको छ ।

इलेक्ट्रिकल इन्जिनियरिङ क्षेत्रको करियरको अवसर र क्षेत्रगत ज्ञान अभाव भएको हुँदा केईसीमा इलेक्ट्रिकल इन्जिनियरिङ अध्ययन गर्ने विद्यार्थीको चाप कम हुँदै गएको बताइएको छ । यही कारण बजारमा यस विधाका इन्जिनियरिङहरूको अभाव महसुस गरिएको छ ।

यस खालको अभाव परिपूर्ति गर्न र इलेक्ट्रिकल इन्जिनियरहरूको माग बढाउन यस समझदारीले सहयोग पुर्याउने अपेक्षा गरिएको छ । यस क्षेत्रको कार्यक्षेत्र विस्तार गर्दै नयाँ इन्जिनियरहरूले शिक्षा र वास्तविक कामको अन्तर बुझ्न सकून् भन्ने उद्देश्यले समझदारी गरिएको कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit