विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १४, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले निर्माण गरेको १३२ केभी सोलु कोरिडोर प्रसारण लाइन आयोजना आगामी सोमबार (फागुन २ गते) देखि सञ्चालनमा ल्याउने भएको छ । सोलु कोरिडोरमा निर्माणाधीन जलविद्युत आयोजनाको विद्युत प्रवाह गर्ने उद्देश्यले निर्माण गरिएको यो प्रसारण लाइन सञ्चालनमा आउन लागेको हो ।

प्रसारण लाइनको रुटको भोगाधिकार क्षेत्रभित्र पर्ने रुखका हाँगा बिँगा काटेर सञ्चालनमा ल्याउने तयारी भइरहेको आयोजना प्रमुख जनर्दन गौतमले बताए । उनका अनुसार वन तथा वातावरण मन्त्रालयबाट पछिल्लो ४ वर्षमा बढेका रुख विरुवा कटानको स्वीकृति आउन समय लाग्ने देखिएपछि हाँगा विँगा कटान गरेरै भए पनि प्रसारण लाइन सञ्चालनमा ल्याउने तयारी भइरहेको हो ।

प्रसारण लाइन सञ्चालनमा ल्याउन अहिले रुख विरुवाको हाँगा कटान गर्ने कार्य भइरहेको छ । ‘प्रसारण लाइनको निर्माण त करिब डेढ महिना पहिले नै सम्पन्न भइसकेको हो,’ उनले ऊर्जा खबरसँग भने, ‘तर, सुरुवातमै काम भएको रुटमा रुख विरुवाको संख्या बढेपछि पुनः कटानको स्वीकृति लिने प्रक्रिया अघि बढाउँदा समय लाग्यो । स्वीकृति पाउने अवधिसम्म कुर्दा अझै ढिलो हुने देखिएपछि रुटमा पर्ने रुखका हाँगा बिँगा काटेर प्रसारण लाइन सञ्चालन गर्ने तयारीमा हामी गएका छौं ।’

उनले प्रसारण लाइन सञ्चालनमा ल्याउन शनिबार परीक्षण गरिने जानकारी दिए । यसअघि सोलुखुम्बुको तिन्लादेखि उदयपुरको घुर्मीसम्मको ४२ किलोमिटर खण्डको परीक्षण गरिएको थियो । शनिबार बाँकी खण्डको परीक्षण गरेर सोमबारदेखि ९० किलोमिटर प्रसारण लाइन सञ्चालनमा ल्याइने उनले बताए ।

प्रसारण लाइन निर्माणका क्रममा उदयपुरको मरुवामा स्थानीयबासीको बिरोधले लामो समय काम रोकिँदा ४ वर्षअघि नै काम सम्पन्न भइसकेको वन क्षेत्रमा हुर्किएका र थपिएका रुख विरुवा कटानका लागि पुनः स्वीकृति लिनु पर्ने अवस्था आउँदा सञ्चालनमा ढिलाइ हुन पुगेको थियो । 

प्राधिकरणले वन क्षेत्रको रुटमा हुर्किएका र थपिएका रुख कटानका लागि गरेको प्रस्ताव मन्त्रालयमा पुगिसकेको छ । वन क्षेत्रमा हुर्किएका र बढेका ३६४ रुख विरुवा कटान गर्नुपर्ने देखिन्छ ।

विद्युत प्राधिकरणले सन् २०१६ को सेप्टेम्बर २५ बाट यो प्रसारण लाइनको निर्माण सुरु गरेको थियो । प्रसारण लाइनको निर्माण सम्पन्न भई सञ्चालनमा आउन ५ समय लागेको छ ।

सिराहाको मिर्चैयादेखि उदयपुर, ओखलढुंगा हुँदै सोलुखुम्बुको तिन्लासम्म ९० किलोमिटर प्रसारण लाइन निर्माण गरिएको छ । प्रसारण लाइनको रुटमा ३०२ वटा टावर निर्माण भएका छन् ।

विद्युत प्राधिकरणले यो प्रसारण लाइनमा प्रवाह हुने गरी ३२५ मेगावाटका १२ जलविद्युत आयोजनाका प्रवद्र्धकसँग विद्युत खरिद सम्झौता (पिपिए) गरेको छ । यो प्रसारण लाइन सञ्चालनमा आउँदा सोलु कोरिडोरका आयोजनाको विद्युत प्रवाह हुनुका साथै स्थानीय क्षेत्रको विद्युत वितरण प्रणालीमा पनि सुधार हुने प्राधिकरणले जनाएको छ ।

प्रसारण लाइन सञ्चालनमा आउनासाथ २३.५ मेगावाटको सोलु खोला आयोजनाको विद्युत प्रवाह हुनेछ । २०७६ चैतदेखि सञ्चालनमा आएको यो आयोजना प्रसारण लाइनको समस्याकै कारण पूर्ण क्षमतामा सञ्चालनमा आउन सकेको छैन् ।

हिउँदमा समस्या नभए पनि बर्खामा १७ मेगावाट विद्युत खेर गइरहेको थियो । यही प्रसारण लाइनमा प्रवाह हुने गरी निर्माणाधीन ८२ मेगावाटको तल्लो सोलु, ८६ मेगावाटको सोलू दूधकोसी, १९.८ मेगावाटको माथिल्लो सोलु, ५ मेगावाटको जुनबेंसीलगायत आयोजना पूरा हुने चरणमा पुगेका छन् । 

सरकार तथा प्राधिकरणको लगानी र भारतीय एक्जिम बैकको सहुलियतपूर्ण ऋणमा निर्माण भएको प्रसारण लाइनको ठेकेदार छनोटमा आएको विवादका कारण झण्डै दुई वर्ष ढिला काम सुरु भएको थियो । प्रसारण लाइन निर्माणका लागि भारतीय कम्पनी मोहन इनर्जीसँग २०७२ को चैतमा ठेक्का सम्झौता भएको थियो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit