images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १७, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

दोलखा । तामाकोसी–बाह्रबीसे–काठमाडौँ ४०० केभी प्रसारण लाइनको पहिलो खण्डको निर्माण अन्तिम चरणमा पुगेको छ । यो खण्डमा ७ वटा मात्र टावर उठाउन बाँकी रहेको हुँदा तालिका अनुसार काम भएमा आउँदो असारदेखि सिन्धुपाल्चोकको बाह्रबीसेबाट खिम्ती हुँदै विद्युत तराई र काठमाडौँसम्म पुग्ने सम्भावना देखिएको छ ।

प्रसारण लाइनको कुल ११८ वटा टावर निर्माण गर्नुपर्नेमा १११ वटा उठाएर लाइन तान्ने काम भइरहेको छ । सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिका र त्रिपुरासुन्दरी गाउँपालिका क्षेत्रमा ५ वटाको जग तयार गर्ने र टावर उठाउने काम जारी रहेको आयोजनाका सहायक प्रबन्धक गजेन्द्र यादवले जानकारी दिए ।

काम सुरु हुन नसकेका दुईमध्ये बाह्रबीसे नगरपालिकाभित्र एक र दोलखाको मेलुङ गाउँपालिका वडा नं. ७ सित्तलीमा अर्को टावर रहेका छन् । यी दुवैको काम चाँडै सुरु गर्ने तयारी भइरहेको यादवले बताए । ‘रामेछाप, दोलखा र सिन्धुपाल्चोकका केही टावर निर्माणमा समस्या भएकाले काममा ढिलाइ भएको छ,’ उनले भने, ‘एक वर्षअघि सिन्धुपाल्चोकमा केही टावरको डिजाइन परिवर्तन र थपिएका टावरका सामान आयतमा समयमै अर्थ मन्त्रालयले अनुमति नदिँदा ढिलाइ थप ढिलाइ भयो ।’

आयोजनाको प्रगति

खिम्ती–बाह्रबीसे पहिलो खण्ड ४४ किलोमिटर लामो रहेको छ । २ खण्डमा निर्माणाधीन आयोजनाको दोस्रो खण्डको तुलनामा पहिलो खण्डको काम तीव्र गतिमा भइरहेको छ । इन्जिनियर यादवका अनुसार ४४ किलोमिटरमध्ये ३२ किलोमिटर क्षेत्रमा लाइन तान्ने काम पूरा भएको छ । पहिलो प्याकेज ३ जिल्लामा पर्छ । रामेछाप जिल्लाको साँखेदेखि मिल्तीसम्म ३ वटा टावर पर्छन् । यस्तै, स्थानीयले दोलखाको मेलुङ सित्तली बेँसी र रामेछापको ३ वटा टावर र तारमुनी पर्ने जग्गाको शतप्रतिशत मुआब्जा  मागेपछि काम प्रभावित भएको उनको भनाइ छ ।

११८ वटा टावरमध्ये निजी जग्गाको मुआब्जा मात्र २५ करोड वितरण गरेको आयोजनाले जानकारी दिएको छ । तारमुनीको जग्गाको क्षतिपूर्ति समेत ९० प्रतिशतभन्दा बढी वितरण गरिएको छ । तारमुनीको जग्गाको बालीनाली, बोटविरुवा, घर–टहराको क्षतिपूर्ति समेत गरी थप २५ करोड वितरण हुने आयोजनाका सामाजिक सुरक्षण अधिकृत समाजशास्त्री सन्तोष काफ्लेले बताए । उनका अनुसार मेलुङको सित्तली र सिन्धुपाल्चोकको बाह्रबीसेभित्रका केही जग्गाको मूल्याङ्कन भने प्रक्रियामै छ ।

तामाकोसी र सुनकोसी नदी बेसिनमा उत्पादित विद्युत् काठमाडौँसम्म पु¥याउन तामकोसी–काठमाडौँ प्रसारण लाइन निर्माण थालिएको हो । आयोजनाको पहिलो खण्ड तामाकोसी (रामेछापको साँखेदेखि सिन्धुपाल्चोकको बाह्रबीसे) सम्मको नयाँ ठेक्का भारतीय कम्पनी केइसी इन्टरनेशनल लिमिटेडले पाएको छ । कम्पनीले करिब ४४ किलोमिटर लाइनको डिजाइन, उपकरण आपूर्ति, जडान र सञ्चालनका लागि एक करोड ७३ लाख १७ हजार अमेरिकी डलर र ७१ करोड ७७ लाख ९७ हजार (करबाहेक) रुपैयाँमा ठेक्का पाएको छ ।

चिनियाँ कम्पनीसँगको ठेक्का तोडिएपछि केइसीसँग सन् २०२१ अक्टोबरमा पूरा काम गर्ने गरी २० मे २०१९ मा दोस्रो ठेक्का सम्झौता भएको हो । समयमा पूरा हुन नसक्दा ६–६ महिना गरी समय थप हुँदै छ । हालसम्म भौतिक र वित्तीय प्रगति करिब ९० प्रतिशत रहेको र १५ प्रतिशत भेसियसन पनि भइसकेको छ ।

दोस्रो प्याकेज र सबस्टेसन

दोस्रो प्याकेज बाह्रबीसेदेखि काठमाडौंको लप्सीफेदीसम्म पर्छ । लप्सीफेदीमा सबस्टेसनको काम सुरु हुन सकिरहेको छैन । सोही आयोजना अन्र्तगत ४०० केभीको बाह्रबीसे सबस्टेसनको काम भने सुस्त गतिमा भइरहेको छ । २ वर्षमा पूरा गर्ने गरी सन् २०१७ डिसेम्बरमा ठेक्का सम्झौता भए पनि अहिलेसम्म पूरा हुन सकेको छैन । 

सिन्धुपाल्चोकमा निर्माण भइरहेको १०२ मेगावाटको मध्यभोटेकोसीको विद्युत् प्रवाह गर्न पनि बाह्रबीसे सबस्टेसन र खिम्ती–बाह्रबीसे प्रसारण लाइन आउँदो असारसम्म पूरा हुनुपर्छ ।

बाह्रबीसे सबस्टेसनको ठेक्का चिनियाँ कम्पनीहरू ग्वाङ्सी ट्रान्समिसन एन्ड सबस्टेसन कन्ट्रक्सन तथा सेन्जेन क्लाउ इलेक्ट्रोनिक्सले पाएका छन् । यादवका अनुसार अहिले सबस्टेसनको काम अन्तिम चरणमा पुगेको छ ।

मध्यभोटेकोसी परीक्षण चरणमा रहेको र त्यो पूरा हुँदासम्म खिम्ती–बाह्रबीसे लाइन र बाह्रबीसे सबस्टेसन पनि पूरा हुने आशा गरिएको छ । मध्यभोटेकोसीको परीक्षणका क्रममा सुरुङमा चुहावटपछि मर्मतको काम जारी छ । ढिला भए पनि बाह्रबीसे–लप्सीफेदी प्रसारण लाइनको पनि ५ वटा टावर बाहेक अरू पूरा भएका छन् । लप्सीफेदी सबस्टेसन तयार नहुँदासम्म भने प्रसारण लाइनको काम पूरा भएर पनि प्रयोगमा आउन सक्दैन ।

एसियाली विकास बैंक (एडिबी) को ऋण लगानी रहेको यो प्रसारण लाइन लप्सीफेदीमा निर्माण हुने ४०० केभी सबस्टेसनमा जोडिन्छ । त्यहाँबाट, नुवाकोटको रातमाटे हुँदै दमौलीबाट बर्दघाटसम्म पुग्छ । यसपछि, बुटवल–गोरखापुर सीमापार प्रसारण लाइनसम्म पुग्छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit