विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । रुरु जलविद्युत परियोजना कम्पनीले आगामी फागुन ७ गतेदेखि स्थानीय बासीका लागि साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले गुल्मीमा सञ्चालित ५ मेगावाटको माथिल्लो हुग्दी जलविद्युत आयोजना प्रभावित स्थानीयका लागि छुट्याएको सेयर निष्कासन गर्न लागेको हो ।

आयोजना प्रभावित स्थानीय बासीका लागि ४ करोड ७ लाख ७० हजार ५ सय रुपैयाँ बराबरको ४ लाख ७ हजार ७ सय ५ कित्ता सेयर निष्कासन गरेर बाँडफाँड गरिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार स्थानीयबासीले न्युनतम १० कित्तादेखि अधिकतम ४ लाख कित्तासम्मका लागि आवेदन दिन पाउने छन् ।

स्थानीयबासीले छिटोमा फागुन २१ गतेसम्मभित्र सेयर खरिदका लागि आवेदन दिइसक्नु पर्नेछ । यो अवधिमा सबै सेयरका लागि आवेदन नपरेमा ढिलोमा चैत्र ८ गतेसम्म आवेदन दिने व्यवस्था गरिने भएको छ ।

स्थानीयबासीले साइन रेसुङ्गा डेभलपमेन्ट बैंक, गरिमा विकास बैंक, ग्लोबल आइएमई बैंकको गुल्मी शाखा कार्यालयबाट सेयर आवेदन दिन सक्नेछन् । साथै, सी–आस्बा सदस्यता प्राप्त गरेका सम्पूर्ण बैंक तथा वित्तिय संस्थाबाट पनि आवेदन दिन सकिनेछ ।

स्थानीयको सेयर निष्कासन गरी बाँडफाँड पूरा भएपछि सर्वसाधारणका लागि छुट्याएको सेयर निष्कासन गर्ने कम्पनीको तयारी छ । सर्वसाधारणका लागि ४ लाख ७ हजार ७ सय ६ कित्ता सेयर छुट्याइएको छ । स्थानीयबासीका लागि प्रतिकित्ता सय रुपैयाँ मूल्य निर्धारण गरिए पनि सर्वसाधारणका लागि प्रतिकित्ता १ सय २० रुपैयाँ मूल्य तोकिएको छ । 

सर्वसाधारणका लागि ४ करोड ८९ लाख २४ हजार ७ सय २० रुपैयाँ बराबरको सेयर छुट्याइएको छ । कम्पनीले सेयर निष्कासन गरी बाँडफाँड गर्न एनएमबी क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकेको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई गत माघ २१ गते सेयर निष्कासन गरी बाँडफाँड गर्ने अनुमति दिएको थियो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit