विद्युत अपडेट

  • प्राधिकरण : ८९५९ मे.वा.घन्टा
  • सहायक कम्पनी : १७१०८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४७५६३ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : २२१०२ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ७३६२९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : ३२४८ मे.वा.
२०८३ साउन १२, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । इङ्वा खोला हाइड्रो पावर लिमिटेडले फागुन २१ गतेदेखि पहिलो चरणको सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकका लागि छुट्याएको सेयर निष्कासन गर्न लागेको हो । 

जारी पूँजी ६० करोड रकम बराबरको १० प्रतिशत हुन आउने अर्थात ६ करोड रुपैयाँ बरारबरको सय रुपैयाँ अंकित ६ लाख कित्ता सेयर निष्कासन गर्न लागेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरु ताप्लेजुङ जिल्लाको सिदिङ्ग गाउँपालिका वडा नम्बर ३, आङखोप गाविसको वडा नम्बर ३, ६, ८, ९, पाँचथर जिल्लाको याङवरक गाउँपालिका वडा नम्बर २, साविक फलैचा गाविस वडा नम्बर १, ३ र ओयाम गाविस वडा नम्बर २ का लागि  निष्कासन गर्नेछ ।

यसैगरी, वैदेशिक रोजगारीमा गएका नेपाली नागरीकका लागि सर्वसाधारणमा निष्कासन हुने २० प्रतिशत अर्थात १२ करोड रुपैयाँ रकम बराबरको १० प्रतिशत अर्थात १२ लाख कित्ता सेयरमध्यको १ लाख २० हजार कित्ता सेयर निष्कसान गर्न लागेको हो । 

स्थानीय छिटोमा चैत ५ गतेसम्म र ढिलोमा २० गतेसम्म आवेदन दिन पाउनेछन् भने वैदेशिक रोजगारीमा गएका नेपाली नागरिककले चैत ५ गतेसम्म मात्र आवेदन दिन पाउनेछन् । आवेदन दिदा दुवैले न्यूनत्तम १० कित्तादेखि अधिकत्तम २० हजार कित्ता सम्म आवेदन दिन पाउँनेछन् । 

कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ । कम्पनीले पाँचथरमा ९.७ मेगावाटको इङ्वा खोला जलविद्युत आयोना निर्माण गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३