विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १४, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । अन्तर्राष्ट्रिय प्राविधिक समूह एन्ड्रिज हाइड्रोले निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाको हाइड्रो तथा इलेक्ट्रोमेकानिकलतर्फको ठेक्का पाएको छ । एन्ड्रिजले नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनीले रसुवामा निर्माण गरिरहेको आयोजनाको इलेक्ट्रोमेकानिक र हाइड्रोमेकानिकलतर्फको सबै काम गर्ने गरी ठेक्का पाएको हो ।

सम्झौता अनुसार एन्ड्रिजले हाइड्रोमेकानिकलतर्फ उपकरणको डिजाइन, इन्जिनियरिङ, उत्पादन, ढुवानी, जडान, परीक्षण र सञ्चालनसम्मको कार्य गर्नेछ । इलेक्ट्रोमेकानिकलतर्फ पनि आधारभुत तथा विस्तृत डिजाइन, उपकरणको उत्पादन तथा ढुवानी गरी जडान गर्ने, उपकरणलाई पूर्ण विद्युतीय तथा स्वचालित प्रणालीको बनाउने तथा सचालन गर्ने कार्य गर्नुपर्नेछ । 

आयोजनाको प्रवद्र्धक कम्पनी र एन्ड्रिजबीच ठेक्का सम्झौता भएको मितिले ६० महिनाभित्र यो कार्य सम्पन्न गर्नुपर्ने तालिका छ । आयोजनाको सिभिलतर्फको कोरियन ठेकेदार दुसन हेब्बी इन्डष्ट्रिज एण्ड कन्स्ट्रक्सन कम्पनीले हाइड्रो तथा इलेक्ट्रोमेकानिकलतर्फको सम्पूर्ण कार्यको अर्डर पठाएको एन्ड्रिज हाइड्रले जनाएको छ । दुसन हेब्बी इन्डष्ट्रिज एण्ड क्न्स्ट्रक्सन कम्पनीले आयोजनाको सिभिलतर्फको काम गरिरहेको छ । अहिले आयोजना स्थलमा संरचना निर्मााणको काम धमाधम काम भइरहेको छ । 

आयोजनामा हाइड्रो तथा इलेक्ट्रोमेकानिकलतर्फको सबै कार्य एन्ड्रिजको भारतस्थित सहायक कम्पनीले गर्नेछ । एन्ड्रिजले नेपालमा हाइड्रो तथा इलेक्ट्रोमेकानिकतर्फको गरी दुवै कार्य गर्न लार्ग ठेक्का पाएको अहिलेसम्मको ठूलो आयोजना हो । यसअघि देशकै ठूलो माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा इलेक्ट्रोमेकानिकल उपकरण आयात गरेको थियो ।

अहिले हाइड्रो तथा इलेक्ट्रोमेकानिकलको ठेक्का पाएको माथिल्लो त्रिशूली–१ आयोजना निर्माण सम्पन्न हुँदा वार्षिक १४ सय ५६ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ । हिउँदमा पनि राम्रो उत्पादन दिन सक्ने हुँदा मुलुकको कूल जडित क्षमतामा २० प्रतिशत विद्युत थपिने अनुमान छ । 

नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनीले आन्तरिक स्रोतबाट ३० प्रतिशत लगानी जुटाएको आयोजनामा ९ वटा विदेश विदेशी बैंक तथा वित्तीय संस्थाले ऋण प्रवाह गरिरहेका छन् । यो आयोजना सम्पन्न गर्न ५५ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit