विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । चिलिमे जलविद्युत कम्पनीले चालू आर्थिक वर्षको ९ महिनामा ५१ करोड ५४ लाख ३१ हजार रुपैयाँ मुनाफा कमाएको छ । कम्पनीले साउनदेखि चैत मसान्तसम्मको अवधिमा यति मुनाफा आर्जन गर्न सफल भएको हो ।

कम्पनीले आर्जन गरेको खुद नाफा अघिल्लो आर्थिक वर्षको यहि अवधिको तुलनामा भने १.९४ प्रतिशत कम हो । कम्पनीको गत वर्षको ९ महिनाको खुद नाफा ५२ करोड ५६ लाख ४६ हजार रुपैयाँ थियो ।

कम्पनीले यो वर्ष विद्युत बिक्रीबाट गर्ने आम्दानी ०.६९ प्रतिशत बढाएको छ । उसले चैतसम्ममा २२ मेगावाटको चिलिमे जलविद्युत केन्द्रको विद्युत बिक्री गरेर ८० करोड ९२ लाख २५ हजार रुपैयाँ कमाएको छ । गत आर्थिक वर्षको यहि अवधिको विद्युत बिक्रीबाट गरेको आम्दानी ८० करोड ३७ लाख १९ हजार रुपैयाँ थियो ।

कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी थोरै बढे पनि जलविद्युत केन्द्रको सञ्चालन तथा मर्मत खर्च भने बढेको देखिन्छ । बैंक तथा वित्तीय संस्थाले दिने ब्याजदर घटेकाले बैंकमा भएको रकमको ब्याजबाट हुने आम्दानी पनि घटेको छ । कम्पनीले अघिल्लो वर्ष ११ करोड ५१ लाख रुपैयाँ ब्याजबाट आम्दानी गरेकोमा यो वर्ष १० करोड ५२ लाख रुपैयाँ मात्रै आम्दानी भएको कम्पनीले जनाएको छ ।

कम्पनीले रसुवामा निर्माण गरेको चिलिमे जलविद्युत केन्द्र सञ्चालनमा छ । कम्पनीले सहायक कम्पनीमार्फत अघि बढाएका २ सय ७५ मेगावाटका ४ जलविद्युत आयोजना निर्माणाधीन छन् । १०२ मेगावाटको मध्यभोटेकोसी, १ सय ११ मेगावाटको रसुवागढी र ५७.३ मेगावाटका सान्जेन (माथिल्लो सान्जेन र सान्जेन ) का २ आयोजना निर्माणाधीन छन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit