विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २२, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । विद्युत विकास विभागले पुसदेखि जेठसम्ममा २४ प्रसारण लाइन आयोजनालाई अध्ययन अनुमति दिएको छ । विभागले ३३ केभी देखि ४०० केभि क्षमताका प्रसारण लाइन आयोजनालाई अध्ययन अनुमति दिएको हो । 

विभागका अनुसार अनुमति पाएका आयोजनाहरू नेपाल विद्युत प्राधिकरण, राष्ट्रिय प्रसारण ग्रीड कम्पनी तथा निजी क्षेत्रका रहेका छन् । निर्माणका चरणमा रहेका, निर्माणमा जाने तयारीमा रहेका जलविद्युत आयोजनाको विद्युत प्रवाह हुने संरचना तयार गर्नका लागि विभागले उक्त प्रसारण लाइन आयोजनालाई अध्ययन अनुमति दिएको हो ।

अध्ययन अनुमति जारी भएका ४०० केभी, २२० केभी, १३२ केभी, ६६ केभी र ३३ केभी क्षमताका प्रसारण लाइन छन् । ४०० केभी क्षमताको १, २२० केभी क्षमताका ७, १३२ केभी क्षमताका ७, ३३ कभी क्षमताका ८ र ६६ केभी क्षमताको १ प्रसारण लाइन आयोजनाले अध्ययन अनुमति पाएको विभागको तथ्यांकमा उल्लेख छ ।

४०० केभी क्षमताका बझाङ-बांलेक (पश्चिम सेती) प्रसारण लाइनले २०७९ चैत २० गते अध्ययन अनुमति पाएको थियो । यो प्रसारण लाइनको अध्ययन अनुमति राष्ट्रिय ग्रीड प्रसारण कम्पनी लिमिटेडले पाएको हो । 

यसैगरी, २२० केभी क्षमताका धाउबढी, चैनपुर सेती, दमौली–लेखनाथ, डुकुछाप, मातातिर्थ–डुकुछाप, ओखरपौवा तिनपिप्ले र डुकुछाप–सिरुटार–नालागुम्बा–लप्सीफेदी प्रसाराण लाइन आयोजनाले अध्ययन अनुमति पाएको हो । साथै, १३२ केभी क्षमताका लम्की चौकुने, धाउबडी मेगाउली, औरहा सिमरा, अत्तरीया धनगढी, खिम्ती राकाथुम, फुकोट रान्चुली, नेपालगन्ज प्रसारण लाइनले अध्ययन अनुमति पाएको विभागको वेपसाइटमा उल्लेख छ । अध्ययन अनुमति पाएका लाइनमध्ये ६६ केभी क्षमताको तल्लो इन्द्रावती लगायत ३३ केभी क्षमता ८ प्रसारण लाइन आयोजना रहेका छन् ।

अध्ययन अनुमति पाएका लाइनले अध्ययनको प्रक्रिया अघि बढाएका छन् । विभागको तथ्यांक अनुसार हालसम्मा १५९ प्रसारण लाइन आयोजनाको अध्ययन भइरहेको छ भने २११ लाइन निर्माणका विभिन्न चरणमा छन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit