images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १७, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडाैँ । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) ले आफ्ना सेयरधनीहरूलाई १ अर्ब १९ कराेड रुपैयाँ भन्दा बढी नगद लाभांश दिने निर्णय गरेकाे छ । कम्पनीकाे पुस २९ गते सम्पन्न १२औँ वार्षिक साधारणसभाले यस्ताे निर्णय गरेकाे हाे ।

कम्पनीका अनुसार सञ्‍चालक समितिले प्रस्ताव गरे बमोजिम सेयरधनीहरूलाई चुक्ता पुँजीको ५.२६३ प्रतिशतका दरले हुने १ अर्ब १९ कराेड ८७ लाख २६ हजार २ सय ८३ नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय भएकाे छ । यस्तै, कम्पनीको नियमावलीमा संशोधन गर्ने प्रस्तावसमेत पारित गरिएकाे जनाइएकाे छ ।

संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा कम्पनीबाट ३ लाख ७४ हजार ४ सय १४ रुपैयाँ बराबरको खर्च भएकोमा सोको अनुमोदन गरिएकाे छ । कम्पनीको सुरु अधिकृत पुँजी ५० अर्ब रुपैयाँ र हालको चुक्ता पुँजी २२ अर्ब ७८ करोड रुपैयाँ जनाइएकाे छ।

आर्थिक वर्ष २०७९/८० मा कम्पनीबाट नयाँ जलविद्युत् आयोजनाहरूमा सेयर लगानी भएको र सहायक कम्पनीहरूमा समेत थप सेयर लगानी भएकोले अघिल्लो वर्षको तुलनामा सेयर लगानीको रकम १९.९ प्रतिशतले वृद्धि भई ३ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ। ऋण सम्झौता भएका आयोजनाहरूको निर्माण कार्यको प्रगति वृद्धि हुँदै गएको र नयाँ आयोजनाहरुमा समेत ऋण प्रवाह भएकाले अघिल्लो वर्षको तुलनामा आव २०७९/८० मा आयोजनाहरूमा भएको ऋण प्रवाहमा ४३.७ प्रतिशत वृद्धि भई ९ अर्ब २७ करोड रुपैयाँ ऋण प्रवाहित भएको छ।

समीक्षा अवधिमा ऋण लगानीबाट ब्याज आम्दानीमा अघिल्लो वर्षको तुलनामा ८३ प्रतिशतले वृद्धि भई ८३.६ करोड रुपैयाँ पुगेको छ। समग्रमा कम्पनीको कुल आम्दानीमा अघिल्लो वर्षको तुलनामा ४०.२ प्रतिशतले वृद्धि भएको छ भने सो अवधिको कुल खर्चमा ३.३ प्रतिशतमात्र वृद्धि भएको छ।

कम्पनीका अनुसार आर्थिक वर्ष २०७९/८० मा खुद मुनाफा ४३.५ प्रतिशतले बढेर १ अर्ब ३७ करोड ५२ लाख रुपैयाँ पुगेको छ। आव २०७९/८० मा प्रतिसेयर आम्दानी ३०.७ प्रतिशतले वृद्धि भई ६.०४ रुपैयाँ पुगेको छ।

कम्पनीले आफ्नो उद्देश्य बमोजिम विभिन्न जलविद्युत् आयोजनाहरू, प्रसारण कम्पनी एवं इन्जिनियरिङ कम्पनीहरूमा ऋण तथा सेयर लगानी गरेको छ। हालसम्म कुल ३,४३६ मेगावाटका २९ जलविद्युत् आयोजना, एउटा ४०० केभी क्रस बोर्डर प्रसारण लाइन र अन्य तीन वटा ऊर्जासँग सम्बन्धित कम्पनीहरूमा कुल ४२ अर्ब ५७ करोड रुपैयाँ बराबरको ऋण तथा सेयर लगानी स्वीकृत भएकाे छ ।

स्वीकृत लगानी मध्ये १३ अर्ब ६० करोड रुपैयाँ बराबरको लगानी भुक्तानी भइसकेको छ । कम्पनीबाट लगानी भएका आयोजनाहरुमध्ये ८२३ मेगावाटका १२ वटा जलविद्युत् आयोजनाहरूकाे व्यापारिक उत्पादन सुरु भइसकेको छ।

यसैगरी, सरकारी तथा निजी क्षेत्रबाट अगाडि बढाइएका अध्ययन तथा निर्माणको विभिन्न चरणमा रहेका कुल २,१२५ मेगावाटका १५ जलविद्युत् आयोजना, कुल ६५ मेगावाटका ६ सौर्यविद्युत् र २ वटा हाइभोल्टेज प्रसारण लाइनहरूमा करिब ३० अर्ब रुपैयाँ बराबरको ऋण तथा सेयर लगानीकाे प्रस्तावमा छलफल, अध्ययन तथा मूल्यांकन भइरहेकाे पनि जनाइएकाे छ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit