विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १५, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सान्जेन जलविद्युत् कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा सुनिलकुमार ढुंगेललाई नियुक्त गर्ने निर्णय गरिएको छ । २०७६ साउन १५ गते नेपाल विद्युत् प्राधिकरणको उपकार्यकारी निर्देशकबाट अनिवार्य अवकास पाएका उनलाई प्रतिस्पर्धाका आधारमा नियुक्ति गर्ने निर्णय गरिएको हो ।

कम्पनीबाट किरणकुमार श्रेष्ठले राजीनामा दिएर प्राधिकरण फर्केपछि सिइओको पद रिक्त थियो । अब माउ कम्पनी (प्राधिकरण) बाट कुनै कर्मचारीलाई काजमा नपठाउने निर्णय भएपछि कम्पनी सञ्चालक समितिले सिइओका लागि आवेदन माग गरेको थियो ।

सिइओ छनोटका लागि प्राधिकरणकी पूर्वउपकार्यकारी निर्देशक शान्तिलक्ष्मी शाक्यको संयोजकत्वमा चिलिमि जलविद्युत् कम्पनी लिमिटेडका सिइओ सुभासकुमार मिश्र, कम्पनी सचिव नारायणप्रसाद आचार्य सम्मिलित समिति गठन गरिएको थियो । गत जेठ १० गते उक्त पदका लागि आवेदन माग गर्दै ७ दिनको समय दिएर सूचना निकालिएको थियो ।

सिइओका लागि १६ जना जलविद्युत् क्षेत्रमा काम गरेका व्यक्तिहरूको आवेदन परेको छनोट समिति संयोजक शाक्यले बताइन । ‘भारतदेखि विदेशमा अध्ययन गरेका अनुभवी व्यक्तिहरूबाट आवेदन परेको थियो, प्राप्त आवेदनबाट ५ जनाको नाम छनोट सूची (सर्ट लिस्ट) मा निकालियो,’ उनले भनिन्, ‘५ जना मध्येबाट ढुंगेलको नाम सिफारिस गरियो ।’

सिफारिस गरेको नाम अर्थात् ढुंगेललाई बिहीबार (जेठ २७ गते) को सञ्चालक समितिको बैठकले स्वीकृत गरेको छ । समितिले वैकल्पिक उमेदवारको रूपमा विकासकुमार श्रेष्ठको नाम सिफारिस गरेको थियो ।

कम्पनीले रसुवामा १४.८ मेगावाटकाे माथिल्लाे सान्जेन र ४२.५ मेगावाटकाे सान्जेन जलविद्युत् आयाेजना निर्माण गरिरहेकाे छ। आयाेजनाकाे समग्र निर्माण करिब ८० प्रतिशत पूरा भए पनि ठेकेदारकाे लापरबाही, काेराेना महामारी जस्ता समस्याले काममा ढिलाई भइरहेकाे छ । आगामी एक वर्षभित्र काम पूरा गरी दुवै आयाेजनाबाट विद्युत् उत्पादन गर्नु ढुंगेलका लागि चुनाैती छ ।

याे पनि ः प्राधिकरणका प्राविधिक खम्बा ३५ वर्षे सेवाबाट बाहिरिए, जसलाई कुलमानले समेत अवमूल्यन गरेका थिए

को हुन् ढुंगेल ?

प्राधिकरणमा झन्डै ३५ वर्ष सेवा गरेका ढुंगेल आयोजना निर्माणदेखि सञ्चालन, वितरण तथा प्रसारणका क्षेत्रमा निकै अनुभवी मानिन्छन् । प्राधिकरणभित्र मात्र नभई बाहिर पनि आयोजनामा उत्पन्न विवाद समाधान गर्न सक्ने खुबी भएका व्यक्ति मानिन्छन्, उनी ।

२०४१ सालमा इन्जिनियरबाट सेवा सुरु गरेका ढुंगेलले प्राधिकरणको उत्पादन, प्रसारण र वितरण तीन वटै क्षेत्रमा रहेर सेवा गरेका थिए । उपकार्यकारी निर्देशक (१२ तह) मा ५ वर्ष सेवा गरेपछि अनिवार्य अवकास हुनुपर्ने नियमअनुसार उनी सेवामुक्त भएका थिए ।

प्राधिकरणमा रहँदा ढुंगेलले १४४ मेगावाटको कालीगण्डकी ‘ए’, मध्यमस्र्याङ्दी, चमेलिया जस्ता आयोजनामा उत्पन्न भएको ठेकेदारसँग विवाद समाधानमा ठूलो भूमिका खेलेका थिए । सेवाको अन्तिम वर्ष उत्पादन निर्देशनालयको उपकार्यकारी निर्देशक रहेका उनकै पहलमा १४ मेगावाटको कुलेखानी तेस्रो र ६० मेगावाटको माथिल्लो त्रिशूली–३ ‘ए’ पूरा भएको थियो ।

अध्ययनका हिसाबले इलेक्ट्रिकल इन्जिनियर ढुंगेल उत्पादन, प्रसारण र वितरण क्षेत्रकै अब्बल व्यक्ति मानिन्छन् । आज पनि यी तीन वटै क्षेत्र हाँक्न सक्ने देशका थोरै क्षमतावान इन्जिनियरमध्ये उनको नाम अग्रपंक्तिमा आउँछ ।

प्राधिकरणबाट अवकास हुने वित्तिकै उनी दशकौंदेखि समस्यामा जेलिएको मेलम्ची खानेपानी आयोजनामा जोडिन पुगे । त्यहाँ आयोजना व्यवस्थापन विज्ञका रूपमा करिब डेढ वर्ष काम गरेपछि उनी एक हिसाबले प्राधिकरणकै सेवामा फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit