विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १४, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । पिसाइस हाइड्रो इन्जिनियरीङ एण्ड कन्स्ट्रक्सन प्रालिमा रोजगारीको अवसर खुलेको छ । कम्पनीले आयोजना निर्माण भइरहेको क्षेत्रमा खटाउने गरी कर्मचारी मागेको हो ।

३ जना साइट इन्जिनियर, एक जना एकाउन्टेन्ट, ३ जना सुपरभाइजर र  एक जना  लठे अपरेटरको रिक्त पदपूर्ति गर्न आवेदन खुलाएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार साइट इन्जिनियरका लागि मेकानिकल इन्जिनियरीङ वा इक्यूभालेन्टमा स्नातक उत्तिर्ण भई कम्तीमा हाइड्रो मेकानिकल क्षेत्रमा डिजाइन, निर्माण तथा जडानको काम गरेको हुनुपर्नेछ ।

सुपरभाइजरका लागि मकानिकल इन्जिनियरीङमा डिप्लाेमा गरी ३ वर्ष हाइड्रो मेकानिकल क्षेत्रमा काम गरेको हुनुपर्नेछ । यस्तै, सिनियर एकाउन्टेन्टका लागि  कम्तिमा ३ वर्ष अनुभव भएको हुनुपर्नेछ । जलविद्युत आयोजनाको विश्लेषण र वित्तिय व्यवस्थापनमा ३ वर्षको अनुभव भएको हुनुपर्नेछ ।
कम्पनीले सिन्धुलीको वर्कसपमा खटाउने गरी एक जना लठे अपरेटर माग गरेको छ । यसका लागि मेकानिकलमा डिप्लोमा गरी लठे मेसिन सञ्चालनबारे सम्पूर्ण ज्ञान भएको हुनुपर्नेछ ।

इच्छुक योग्य व्यक्तिले २०७९ साउन ४ गतेभित्र आवेदन दिन सक्नेछन् । आवेदक दिँदा बायोडाटा, नेपाली नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि, पासपोर्ट साइजको फोटोसहित बुझाउनुपर्नेछ । आवेदकमध्ये शैक्षिक प्रमाणपत्र र सम्बन्धित क्षेत्रमा बढी कार्यानुभव भएकाले रोजगारीको अवसर पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit