images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । मनाङ जिल्लाको नासो र चामे गाउँपालिमा निर्माण हुन लागेको १३५ मेगावाटको मनाङ मर्स्याङ्दीमा जलविद्युत आयोजनामा खटाउने गरी ४ कर्मचारीको माग गरिएको छ । मनाङ मर्स्याङ्दीमा हाइड्रो पावर कम्पनीले निर्माण गर्न लागेको आयोजनामा खटाउन उक्त कर्मचारीको माग गरिएको हो । 

एकजना डिजाइन प्रबन्धक, एकजना प्रमुख सल्लाहाकार, एकजना सर्वेक्षण इन्जिनियर, एकजना डिजाइन इन्जिनियर र एकजना टिम लिडरको माग गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार डिजाइन प्रबन्धकका लागि इन्जिनियरिङ विषयमा स्नातक तह उत्तीर्ण गरी कम्तीमा पनि सम्बन्धित क्षेत्रमा ५ वर्ष काम गरेको अनुभव हुनुपर्नेछ । 

प्रमुख सल्लाहकारका लागि इन्जिनियरिङ विषयमा स्नातक तह उत्तीर्ण गरी सम्बन्धित क्षेत्रमा कम्तीमा पनि ४ वर्ष कार्यअनुभव भएको हुनुपर्नेछ । यसैगरी, सर्वेक्षण इन्जियिर र डिजाइन इन्जिनियरका लागि इन्जिनियरिङ विषयमा स्नातक तह उत्तीर्ण गरी सम्बन्धित क्षेत्रमा कम्तीमा पनि ४/४ वर्ष काम गरेको अनुभव हुनुपर्नेछ । टिम लिडरका लागि इन्जिनियरङ विषयमा स्नातक तह उत्तीर्ण गरी सम्बन्धित क्षेत्रमा कम्तीमा ५ वर्ष कार्यअनुभव भएको हुनुपर्नेछ । 

इच्छुक योग्य व्यक्तिले आगामी सूचना प्रकासित भएको ७ दिनभित्रमा आवेदन दिइसक्नुपर्नेछ । आवेदकले आवेदन दिदाँ बायोडाटा, नेपाली नागरिकताको प्रमाणपत्र, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि, पासपोर्ट साइजको फोटोसहित बुझाउनुपर्नेछ । आवोदकमध्ये प्रमाणपत्र र सम्बन्धित क्षेत्रमा बढी कार्यअनुभव भएकाले रोजगारीमो आवसर पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit