विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा दोस्रो पटक नियुक्त भएका कुलमान घिसिङले बुधबार पदभार ग्रहण गरेका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयबाट पत्र बुझेपछि कार्यभार सम्हालेका हुन् ।

पदभार ग्रहणपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै घिसिङले दोस्रो कार्यकालका लागि जीवनकै ठूलो चुनौती स्वीकारेर प्राधिकरणमा आएकाले कसैसँग सम्झौता नगरी काम गर्ने बताए । उनले विद्युत प्राधिकरणको आवश्यकता, जनअपेक्षा र सरकारले पनि जिम्मेवारी दिएकाले फेरि नेतृत्वमा आएको बताए ।

‘प्राधिकरणमा मेरो अबको यात्रा चुनौतीपूर्ण छ । यो चुनौती स्वीकारेर नै म यहाँ आएको छु । आउनै पर्छ भन्ने पनि थिएन,’ उनले भने, ‘तर, प्राधिकरणको आवश्यकता, जनताको चाहाना र सरकारले दिएको जिम्मेवारी पूरा गर्नका लागि चुनौतीको सामना गर्ने गरी फेरि आएको हुँ ।’

उनले दोस्रो कार्यकालमा आउने चुनौती प्राधिकरणका कर्मचारीहरूको साथ लिएर सामना गर्ने पनि उनले बताए । पहिलो कार्यकालमा आफ्नो टीमका धेरै सदस्यहरू प्राधिकरणबाट बाहिरीसकेकाले अब नयाँ टीम बनाएर अघि बढ्ने प्रतिबद्धता उनले जनाए ।

उनले सरकारले दिएको जिम्मेवारी एवं ऊर्जा, जलस्रोत तथा मन्त्रीको निर्देशनअनुसार नेपालको ऊर्जा क्षेत्रलाई उचाइमा लैजाने गरी काम गर्ने बताए । ‘सरकारले नै मलाई नियुक्त गरेको हो । सरकारको कार्ययोजना एवं मन्त्रीको निर्देशनअनुसार नै देशको ऊर्जा क्षेत्रको विकासका लागि काम गर्छु’ उनले भने ।

उनले ऊर्जा क्षेत्रमा अबको प्राथमिकता के हुन्छ भन्ने कुरा गरेर नभई काम गरेर देखाउने दाबी समेत गरे । उनले ऊर्जा क्षेत्रको प्राथमिकता पहिचानका लागि कार्यदिशा बनाउन अबको १ महिनासम्म सञ्चार माध्यममा आफु नआउने बताए । विद्युत वितरण प्रणालीलाई दिगो र गुणस्तरीय बनाउने, प्राधिकरणमा शुसासनलाई कठोरताका साथ लागु गर्ने कार्य कठाईका साथ गर्ने पनि उनले बताए । 

प्रसारण समस्याले निजी क्षेत्रका जलविद्युत आयोजनालाई हर्जना तिर्नुपर्ने अवस्था आएकाले प्रसारण लाइन निर्माण सम्पन्न गर्ने प्रतिबद्धता उनले जनाएका छन् । ‘नेपालको पानी जनताको लगानी’ अन्तर्गत अघि बढेका दूधकोसी र माथिल्लो अरुण आयोजनाको लगानी मोडालिटी तयार गरी निर्माण सुरु गरिने उनले बताए ।

तराईका जिल्लामा सिँचाइ सुविधा दिन आवश्यक विद्युत वितरणको व्यवस्था प्राधिकरणले गर्ने उनको भनाई छ । अहिले २४ घन्टा अन्धकारमा बसिरहेका जनतालाई उज्लायोको दायरामा ल्याउन विद्युतीकरण विस्तारको काम गरिने उनले बताए ।

घिसिङ गत साेमबार (साउन २५ गते) ४ वर्षका लागि प्राधिकरणकाे कार्यकारी निर्देशक नियुक्त भएका हुन् । पहिलाे कार्यकाल पूरा भएपछि २०७७ भदाैमा उनी प्राधिकरणबाट विदा भएका थिए ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit