विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । हिमालय ऊर्जा विकास कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ मा ३ लाख ७९ हजार ५९५ रुपैयाँ मात्र नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षको भन्दा ९१.७० प्रतिशत (४१ लाख ४८ हजार ४ सय ५ रुपैयाँ)  ले घटेको हो ।

अघिल्लो वर्ष २०७६/७७ मा ४५ लाख ७८ हजार रुपैयाँ नाफा कमाएको कम्पनीले जनाएको छ । यसअवधिमा कम्पनीको अन्य स्रोतबाट हुने आम्दानी घटेसँगै नाफा प्रभावित भएको छ ।

अघिल्लो वर्ष अन्य स्रोतबाट ७१ लाख ७४ हजार रुपैयाँ आम्दानी गरेको कम्पनीको यो गत वर्षमा आइपुग्दा घटेर १३ लाख ८५ हजार रुपैयाँमा सीमित भएको छ । कम्पनीको रामेछापमा निर्माण सम्पन्न १९ मेगावाटको दुई जलविद्युत आयोजनाको विद्युत खेर गइरहेको छ ।

विद्युत जोडिने १३२ केभी गर्जाङ–खिम्ती प्रसारण लाइन पूरा नहुँदा लामो समयदेखि विद्युत खेर गइरहेको छ । कम्पनीको विद्युत खेर जादा मासिक ६ करोड ४९ लाख रुपैयाँ विद्युत आम्दानी गुमाएको कम्पनीले जनाएको छ ।

हाल कम्पनीको चुक्ता पुँजी ९९ करोड रुपैयाँ छ । जगेडा कोष भने ७१ लाख ७६ हजार रुपैयाँ ऋणात्मक छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit