images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १७, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले पछिल्लो दुई वर्षमा मात्र विद्युतीय पूर्वाधार निर्माण, मर्मत संभार तथा स्तरोन्नतिमा करिब ४८ अर्ब रुपैयाँ खर्च गरेको छ ।  प्रसारण, वितरण लाइन तथा सबस्टेसन निर्माण, मर्मत सुधार लगायतमा उक्त रकम खर्च गरेको हो ।

प्राधिकारणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार पछिल्लो दुई वर्ष अर्थात् आर्थिक वर्ष (आव) २०७८/७९ र आव २०७९/८० मा उल्लिखित लगानी भएको जानकारी दिए । ‘हरेक नागरिकको घरमा गुणस्तर र विश्वसनीय विद्युत सेवा आपूर्ति गर्न आफ्नै स्रोतबाट लगानी भएको छ,’ उनले भने, ‘हामी विद्युतीय पूर्वाधार विस्तार तथा सुधार र ग्राहकलाई नियमित गुणस्तरीय र पर्याप्त सेवा दिन अहोरात्र क्रियाशिल छौ ।’

प्राधिकरणले उपभोक्ताको गुनासोलाई सम्बोधन गर्ने प्रणालीका पूर्वाधार संरचनाहरू सुधार र सुदृढीकरण अगाडि बढाएको छ । अहिले काठमाडौं उपत्यका लगायत देशका प्रमुख ११ सहरमा सन् २०५० सम्ममा हुने विद्युतको माग प्रक्षेपण गरी चरणबद्ध रुपमा ४००, २२० र १३२ केभीको प्रसारण लाइन तथा सबस्टेसनको निर्माण अघि बढाएको घिसिङले बताए ।

अहिलेसम्म ५७४२ किलोमिटर सर्किट लाइन र ८८६७ एमभिए क्षमताको सबस्टेसन सञ्चालनमा रहेको बताउँदै घिसिङले दुई वर्षको अवधिमा २५०० एमभिएको १७ सबस्टेसन सञ्चालनमा आएको बताए । ५४ सबस्टेसन निर्माणाधीन छन् ।

प्राधिकरणले विश्वसनीय आपूर्तिका लागि सबस्टेसनको क्षमता थप गर्ने, लाइनमा ग्यापसिटर बैंक थप तथा वितरण संरचना सुधार गर्ने काम व्यापक रुपमा अगाडि बढाएको छ ।

प्राधिकरणले यो दुई वर्षको अवधिमा विपन्न परिवारलाई ४० हजार बढी मिटर निशुल्क वितरण गरेको छ । साथै, ग्राहकको गुनासो सम्बोधन गर्न हरेक प्रदेशमा कल सेन्टरको स्थापना गरी सञ्चालनमा ल्याएको छ ।

अहिले करिब ९५ प्रतिशत घरधुरीमा विद्युतको पहुँच पुगेको छ । जसमध्ये ३ वटा (मधेस, बागमती र गण्डकी) प्रदेशका सबै नागरिकमा विद्युतको पहुँच पूर्णरूपमा पुगेको छ । बाँकी, कोसी प्रदेशमा ९५, लुम्बिनी प्रदेशमा ९८, कर्णालीमा ६७ र सुदुरपश्चिम प्रदेशमा ८२ प्रतिशत मात्रै विद्युतीकरण भएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit