विद्युत अपडेट

  • प्राधिकरण : ५५८१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५६०० मे.वा.घन्टा
  • निजी क्षेत्र : १६४३२ मे.वा.घन्टा
  • आयात : १०७११ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८६२३ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२३८ मे.वा.
२०८२ फाल्गुण ५, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । राष्ट्रिय प्रसारण ग्रीड कम्पनीले २५०० मेगावाट विद्युत प्रवाह हुने ५५ किलोमिटर लामो प्रसारण लाइन निर्माण गर्ने भएको छ । कम्पनीले विभिन्न स्थानमा रहेको आयोजनाको विद्युत प्रवाह गर्न ४०० केभी प्रसारण लाइन निर्माण गर्न लागेको हो । 

कर्णाली प्रदेश अन्तर्गत कालिकोट जिल्लाको खाँडाचक्र नगरपालिका वडा नम्बर–११ मा अवस्थित फुकोट सबस्टेसन देखि सुर्खेत जिल्लाको चौकुने गाउँपालिका वडा नम्बर–४ को बेतन सबस्टेसन सम्म डबल सर्किट प्रसारण लाइन निर्माण गर्न लागेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार अध्ययन पूरा भएको लाइनको निर्माण अनुमतिका लागि विद्युत विकास विभागमा आवेदन दिएको हो । विभागले अनुमतिपत्र दिन ३५ दिने सूचना जारी गरेको छ । विभागले अनुमतिपत्र दिनु अघि प्रसारण लाइन निर्माण तथा सञ्चालन गर्दा पर्न सक्ने प्रतिकुल असरबारे सम्बन्धित सरोकावालासँग राय/सुझाव मागेको छ । 

प्रसारण लाइनमा १९४ स्टील टावर हुनेछ । समुन्द्री सतहबाट टावरको अधिकतम उचाई १८४२.८४२ मिटर र न्यूनतम उचाई ५३७.९९६ मिटर हुनेछ । तर टावर बीचको दुरी ४८.५३ देखि ९७५.८ मिटर हुनेछ ।

आयोजना निर्माणको लागि कूल २५८.५५ हेक्टर जग्गा आवश्यक पर्नेछ । जस मध्ये एपी टावार निर्माण लागि  १७.४६ हेक्टर, सब–स्टेसनको लागि १०.९७ हेक्टर,  विद्युत प्रवाह मार्गको अधिकार क्षेत्रका लागि २२९.८२२ हेक्टर र अस्थायी जग्गाको लागि ०.३ हेक्टर जग्गा आवश्यक पर्नेछ ।

कम्पनीले  प्रसारण लाइनको काम ४ वर्ष भित्र सम्पन्न गनेर् लक्ष्य राखेको छ । प्रसारण लाइन निर्माण गर्दा भू–क्षय, बाढी, वायु प्रदुषण आदीद्वारा वातावरणमा उल्लेखनीय प्रतिकुल असर नपर्ने गरी निर्माण गरिनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३