विद्युत अपडेट

  • प्राधिकरण : ७३२२ मे.वा.घन्टा
  • सहायक कम्पनी : २८६४ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२४८७ मे.वा.घन्टा
  • आयात : १२८९५ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३०५१ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८६१९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९०६ मे.वा.
२०८१ ब‌ैशाख ६, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विभिन्न सेवा समूह तथा उपसमूहमा कार्यरत ३१ जना उच्च पदाअधिकारीलाई उप–प्रबन्धक र सहायक निर्देशकमा बढुवा गरेको छ । प्राधिकरण बढुवा सिफारिस समितिले आइतबार जेष्ठता, कार्यसम्पादन तथा कार्यक्षमता मूल्याङ्कनका आधारमा ती कर्मचारीलाई उप–प्रबन्धक (९ तह) र सहायक निर्देशक (८ तह) मा बढुवा गरेको हो ।

कर्मचारी सेवा विनियमावली, २०६२ (संशोधनसहित) को विनियम ४३ (क) र विनियम ५० मा भएको व्यवस्थाअनुसार कर्मचारीको बढुवा गरी रिक्त  स्थानमा पदपूर्ति गरेको प्राधिकरणले जनाएको छ । प्राधिकरणले २४ गतेको निर्णय अनुसार बढुवा गरेको हो ।

प्राधिकरणले ८ तहका २० कर्मचारीलाई ९ तह (उप–प्रबन्धक) मा र ७ तहका ११ कर्मचारीलाई ८ तह (सहायक निर्देशक) मा बढुवा गरेको छ । उप–प्रबन्धकमा सुमन श्रेष्ठ, रोशन खड्का, प्रज्वल खड्का, हरिनारायण शाह, बाबुराम सुवेदी, सुरेन्द्र कार्की, सुनिल कुमार महतो, शिवराम केसीलाई जेष्ठता र कार्य सम्पादनका आधारमा बढुवा गरिएको छ ।

यस्तै, कार्यक्षमता मुल्याङकनका आधारमा सरोज कुमार, नरेन्द्र विर श्रेष्ठ, पार्थ श्रेष्ठ, सुवोध शर्मा, नविन कुमार लाभ, सुवर्ण सापकोटा, संजय पाठक, सुरज दाहाल, सुरज रेग्मी, सूर्य नारायण श्रेष्ठ, दिपक प्रसाद भुसाल र अर्चना राजभण्डारीलाई बढुवा गरिएको छ ।

सहायक निर्देशकमा सन्तोष ढकाल, राम प्रसाद पोखरेल, राजेन्द्र चन्द्र लुईटेल, कुवेर बहादुर पुडासैनीलाई जेष्ठता र कार्यसम्पादनका आधारमा बढुवा गरिएको छ । यस्तै, कार्यक्षमता मुल्याङकनका आधारमा जनक महतो क्षेत्री, शोभा पौडेल भुसाल, भोजराज पोखरेल, ध्रुव उप्रेती, अर्जुन प्रसाल ढुंगाना, टिकादत्त ढकाल  प्रकाश सुवेदीलाई सहायक निर्देशकमा बढुवा गरिएको छ ।

प्राधिकरणले यसअघि पनि १५ कर्मचारीलाई निर्देशकमा, ९ कर्मचारीलाई सह–निर्देशकमा र ३ कर्मचारीलाई उप–निर्देशकमा बढुवा गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit