images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । ‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’को मान्यता आधारित भएर क्रियाशील ‘मनिप्लान्ट सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड’को १४औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

साधारणसभाले नयाँ सञ्चालक समिति र लेखा तथा सुपरिवेक्षण समितिको चयन गरेको छ । कम्पनीको सञ्चालक समितिको अध्यक्षमा इन्दमणि पोखरेल चयन भएका छन् । यसैगरी, उपाध्यक्षमा सुसन कर्माचार्य, सचिवमा उद्दिमबहादुर देवकोटा र कोषाध्यक्षमा राजकुमार सुवेदी नियुक्त भएका छन् । त्यस्तै, सदस्यहरूमा यामकुमार खड्का, धनबहादुर श्रेष्ठ, बालकृष्ण श्रेष्ठ, कृष्णसागर शर्मा, हेलेन घिमिरे, शान्ता पाण्डे घिमिरे र कमल गिरी चयन भएका छन् ।

लेखा तथा सुपरिवेक्षण समितिको संयोजकमा किरण मास्के र सदस्यमा राजेन्द्रप्रसाद घिमिरे तथा निलमणि दाहाल चयन भएका छन् ।

साधारणसभामा संस्थाको प्रतिवेदन, लेखा प्रतिवेदन, आयव्यय विवरण प्रस्तुत गरी पारित भएको छ । साथै, संस्थागत अवस्थाको समीक्षा र कार्ययोजनाबारे विस्तृत छलफल तथा नीति तर्जुमा समेत भएको थियो ।

अध्यक्ष पोखरेलले सफल कार्यसम्पादनका लागि अघिल्लो सञ्चालक समितिलाई धन्यवाद दिंदै सहकारी क्षेत्रको संस्थागत चुनौतीबीच आफू सञ्चालक समितिमा आएको र सबैको हातेमालोबाट नै चुनौतीको सामना गर्नसकिने बताए ।

संस्थाको सेयर सदस्य संख्या ११८२ पुगेको र पछिल्लो आर्थिक वर्षको कुल वासलत १ अर्ब २१ करोड १७ लाख ३६ हजार ८५२ रुपैयाँ रहेको कार्यकारी प्रमुख ओमबहादुर बस्नेतले बताए ।

साथै, सभामा संस्था संबद्ध सदस्य र परिवारबाट उत्कृष्ट शैक्षिक योग्यता हासिल गरेका, संस्थामा उत्कृष्टता देखाएका, विभिन्न पदोन्नति र नियुक्ति भएकाहरूलाई पुरस्कृत तथा सम्मानित  पनि गरिएको थियो । जसमा १४ जनालाई उत्कृष्ट शैक्षिक पुरस्कार तथा ३÷३ जनालाई ज्येष्ठ सदस्य, उत्कृष्ट ऋण कारोबारी र उत्कृष्ट बचतकर्ताका रूपमा सम्मान गरिएको थियो । एकजनालाई उत्कृष्ट कर्मचारी पुरस्कार दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit