विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १५, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । प्रदेश नम्बर १, संखुवासभाको मकालु गाउँपालिको वडा नम्बर ३ र ४ मा निर्माण हुन लागेको ४० मेगावाटको इखुवा खोला जलविद्युत आयोजनाको वातावरणीय प्रभाव मुल्याङ्कन क्षेत्र निर्धारण गर्न राय÷सुझाव माग गरिएको छ ।

अप्पर अरुण हाइड्रो इलेक्ट्रिक लिमिटेडले निर्माण गर्न लागेको आयोजनाको क्षेत्रधिकार निर्धारण गर्न सरोकारवालासँग राय/सुझाव माग गरिएको हो ।

स्थानीय सरोकारवालासँग आयोजना निर्माण गर्दा पर्न सक्ने भौतिक, जैविक, सामाजिक तथा सांस्कृतिक वातावरणीय प्रभावका सम्बन्धमा राय÷सुझाव मागिएको छ । प्रस्तावित आयोजना जिल्लाको मकालु गाउँपालिका भएर बग्ने इखुवा खोलामा निर्माण हुनेछ ।

पालिकाको नेवारी नजिक ६ मिटर अग्लो र १६.५ मिटर लम्बाइको बाँध निर्माण गरी पानीलाई उपयोग गरिनेछ । पानीलाई ३६११.५ मिटर लामो सुरुङ र १७७०.५ मिटर लामो पेनस्टक पाइपमार्फत सिरुटार नजिकै निर्माण हुने विद्युतगृहमा खसाली ४० मेगावाट विद्युत गर्ने गरी प्रस्ताव गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit