विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २३, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युतीय व्यवसायी महासंघले आयोजनाको गरेको ‘फिन इलेक्ट्रो टेक २०२२’ को आज (मंसिर २५ गते) अन्तिम दिन हो । महांसघले विद्युतीय सामाग्री र सेवा प्रवाह सम्बन्धी बिहीबारदेखि गरेको प्रर्दशनी आजबाट सकिन लागेको हो ।

प्रर्दशनीको सुरुवातदेखि हालसम्म करिब ४२ हजार बढीले अवलोकन गरेको आयोजकले जनाएको छ । इलेक्ट्रो टेकको तेस्रो दिन मेलामा अवलोकनकर्ताको उत्साहजनक सहभागिता रहेको थियो । शनिबार करिब २५ हजार बढीले प्रर्दशनी अलोकन गरे । सार्वजनिक विदा भएकाले पनि बढी अवलोकनकर्ता आएको आयोजकले जनाएको छ ।

देशभरका विद्युतीय व्यवसायी, उत्पादनकर्ता, डिस्ट्रीब्युटर, डिलर, चेनल सप्लायर्सबीच अन्तरक्रिया एवं व्यापारिक सम्झौताहरू भएका थिए । मेलाकै क्रममा तेस्रो दिन विद्युतीय सुरक्षाको विषयमा विचार गोष्ठी अर्थात सिम्पोजियम पनि आयोजना गरिएको थियो ।

मेलामा दर्शक तथा व्यवसायीहरूको उत्साहपूर्ण सहभागिताका कारण अन्तर्राष्ट्रिय कम्पनीका प्रतिनिधिहरू पनि उत्साहित देखिएका छन् । आफ्ना नयाँ प्रविधि तथा उत्पादनलाई चिनाउन यो मेला सार्थक देखिएको उनीहरूको टिप्पणी छ ।

मेलामा चट्याङ रोक्ने उपकरण, अटोमेसन तथा सेन्सरयुक्त बत्ती, पंखाहरू, सेन्सरयुक्त वाटरप्रुफ सीसीटीभी क्यामेराप्रति अवलोकनकर्ताले विशेष रुची देखाएका छन् । राष्ट्रिय आविष्कार केन्द्रद्वारा आविस्कार गरिएका विद्युतीय सामग्रीहरू, अत्याधुनिक इन्डक्सन सहितको ग्यास चुलो, भान्छाको फोहोरलाई मलमा रुपान्तरण गर्ने कम्पोस्टिङ मेसिनहरू पनि मेलाका विशेष आकर्षण बनेका छन् ।
 
प्रदर्शनी नेपालको एकमात्र इलेक्ट्रिकल एवं इलेक्ट्रोनिक्स सामग्रीहरुको अन्तर्राष्ट्रिय स्तरकै बृहत प्रदर्शनी एवं गोष्ठीको दशौं संस्करण हो । मेलाको टाइटल स्पोन्सर राठी स्वीच एण्ड केबुल (अन्नपूर्ण ग्लोवल इम्पेक्स प्रा.लि.) रहेको छ । प्लाटिनियम स्पोन्सरमा महालक्ष्मी केबुल (महालक्ष्मी वायर एण्ड केबुल इन्डष्ट्रिज प्रा.लि.), डायमण्ड स्पोन्सरमा ग्रेटह्वाइट (मित्तल ओभरसिज प्रा.लि.), गोल्ड स्पोन्सरमा इलेक्ट्रा इलेक्ट्रिक (एनजी इलेक्ट्रिकल्स प्रा.लि.) जानकी केबुल (जानकी केबुल इन्डष्ट्रिज प्रा.लि.), लिशा स्वीच (वेलकम टेक्नोल प्रा.लि). र ट्रान्सवेल्ड ट्रान्सर्फमर (ट्रान्सवेल्ड नेपाल प्रा.लि.) रहेका छन् ।

मेला आयोजनाका सहयोगी संस्थाहरूमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श, स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान), नेपाल इञ्जिनियर्स एशोशियसन, सौर्य ऊर्जा उत्पादक संघ नेपाल, सोसाइटी अफ कन्सल्टिङ्ग आर्किटेक्चरर एण्ड इञ्जिनियरिङ फर्म, लघु जल विद्युत उत्पादक संघ नेपाल, सोसाइटी अफ इलेक्ट्रिकल इञ्जिनियर्स नेपाल, नेपाल विद्युतीय सामग्री उत्पादक संघ (नीमा), र नेपाल इलेक्ट्रिकल कन्ट्रयाक्टर एशोशियसन रहेका छन् । ४ दिने प्रदर्शनीमा करिव ६० हजारले अवलोकन गर्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit