विद्युत अपडेट

  • प्राधिकरण : ५०४६ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५९०२ मे.वा.घन्टा
  • निजी क्षेत्र : १८४५५ मे.वा.घन्टा
  • आयात : ८०८३ मे.वा.घन्टा
  • निर्यात : ३० मे.वा.घन्टा
  • ट्रिपिङ : १५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७६३७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २१०० मे.वा.
२०८२ फाल्गुण २७, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । उज्यालो नेपाल पार्टीले जलस्रोत तथा ऊर्जा क्षेत्रमार्फत देशलाई समृद्ध बनाउने मुख्य लक्ष्यसहित आइतबार (फागुन ३ गते) आफ्नो निर्वाचन प्रतिबद्धता-पत्र सार्वजनिक गरेको छ । प्रतिबद्धता-पत्रमा पार्टीले विद्युत् उत्पादन, वितरण र निर्यातलाई राष्ट्रिय समृद्धिको आधारका रूपमा अघि सारेकाे हाे ।

पार्टीले ‘१,००० कित्ता सेयर अभियान’ सञ्चालन गर्दै प्रत्येक घरपरिवारलाई प्राथमिक सेयर मूल्यमा कम्तीमा १ हजार कित्ता जलविद्युत्् आयोजनाको सेयर उपलब्ध गराउने घोषणा गरेको छ । गरिब परिवारलाई सहुलियत ऋणमार्फत सेयर खरिदको सुविधा दिइने तथा आयोजना निर्माणमा संलग्न श्रमिकको श्रमलाई सेयरमा रूपान्तरण गर्न सकिने व्यवस्था मिलाइने उल्लेख छ।

विद्युत् खरिद सम्झौता भएको ३० वर्षपछि सरकारलाई हस्तान्तरण हुने जलविद्युत् आयोजनाबाट प्राप्त राजस्वको २० प्रतिशत रकम ‘जनताको जलविद्युत् कोष’मा राख्ने योजना अघि सारिएको छ। उक्त कोषको रकम शिक्षा, स्वास्थ्य र रोजगारी सिर्जनाका क्षेत्रमा खर्च गरिने जनाइएको छ।

ऊर्जा निर्यातलाई प्राथमिकतामा राख्दै सन् २०३० सम्म १२ हजार मेगावाट विद्युत् उत्पादन गर्ने र प्रतिव्यक्ति वार्षिक खपत ८ सय किलोवाट घण्टा पुर्‍याउने लक्ष्य तय गरिएको छ । विद्युत् निर्यातबाट प्राप्त आम्दानीको १५ प्रतिशत ‘राष्ट्रिय समृद्धि कोष’मा जम्मा गरी ग्रामीण पूर्वाधार विकास तथा गरिबी निवारण कार्यक्रम सञ्चालन गरिने छ उल्लेख छ । 

दीर्घकालीन लक्ष्यअन्तर्गत २०३५ सम्म २५ हजार मेगावाट र २०४५ सम्म ४० हजार मेगावाट उत्पादन गर्दै नेपाललाई ‘कार्बन न्युट्रल’ राष्ट्रका रूपमा स्थापित गर्ने प्रतिबद्धता जनाइएको छ ।

सिँचाइ क्षेत्रतर्फ ५ वर्षभित्र ३ लाख हेक्टर क्षेत्रमा सतह सिँचाइ सुविधा विस्तार गरिने लक्ष्य राखिएको छ । तराई–मधेशका पकेट क्षेत्रहरूमा स्यालो तथा डिप ट्युबवेलमार्फत थप ३ लाख हेक्टर जमिनमा भूमिगत सिँचाइ सुविधा पुर्‍याउने, हिमाल तथा पहाडी क्षेत्रमा विद्युत् प्रयोग गरी लिफ्ट प्रविधिबाट २ लाख हेक्टरमा सिँचाइ विस्तार गर्ने प्रतिबद्धता जनाएको छ ।

राप्ती–कपिलवस्तु (नौमुरे), कालिगण्डकी–तिनाउ, सुनकोसी–तावा (कमला) तथा तमोर–चिसाङ डाइभर्सन आयोजनाको विस्तृत अध्ययन पूरा गरी निर्माण प्रक्रिया अघि बढाइने प्रतिबद्धता पनि पार्टीले जनाएको छ । ऊर्जा र सिँचाइ क्षेत्रको एकीकृत विकासमार्फत उत्पादन वृद्धि, रोजगारी सिर्जना र दिगो आर्थिक समृद्धि हासिल गर्ने लक्ष्य पार्टीले अघि सारेको छ ।

प्रतिबद्धता-पत्रकाे सारांश

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३