विद्युत अपडेट

  • प्राधिकरण : ५३२५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५८१४ मे.वा.घन्टा
  • निजी क्षेत्र : १६७०८ मे.वा.घन्टा
  • आयात : १००५२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८१७९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : मे.वा.
२०८२ फाल्गुण १, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

म्याग्दी । म्याग्दीको मालिका र धवलागिरि गाउँपालिकामा निर्माणाधीन २५ मेगावाटको दरवाङ म्याग्दीखोला जलविद्युत् आयोजनाको निर्माणमा भएको अवरोध एक महिनापछि बिहीबार (माघ २९) देखि हटेको छ । स्थानीय दाङखोला माेटरेबल पुल निर्माण नगरिदिएको भन्दै स्थानीयले जलविद्युत् आयोजनाकाे निर्माण कार्य ठप्प पारेका थिए । 

स्थानीयवासीको मागअनुसार चालु आर्थिक वर्षभित्रै मोटरेबल पुल निर्माण सुरु हुने सुनिश्चितता भएकाले आन्दोलनमा सहभागी राजनीतिक दल र स्थानीय अगुवासँगको परामर्शमा आन्दोलन फिर्ता लिइएको हो । आन्दोलन फिर्तासँगै जलविद्युत् आयोजना निर्माण कार्य सुचारु गराउन सहयोग गर्ने निर्णय भएको धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुन मगरले जानकारी दिए ।

जलविद्युत् आयोजना प्रवर्द्धक धौलागिरि कालिका हाइड्रो लिमिटेडले दरवाङ–गुर्जा सडकअन्तर्गत मालिका गाउँपालिका–५ र धवलागिरि गाउँपालिका–७ को सिमानामा पर्ने दाङखोला माेटरेबल पुल निर्माण गरिदिने सम्झाैता भएको थियाे ।  सम्झौता भएको ६ वर्षसम्म पनि पुल निर्माण सुरु नभएपछि आन्दोलनमा उत्रिएका धवलागिरि गाउँपालिकाका बासिन्दाले गत पुस २५ गतेदेखि आयोजना निर्माण बन्द गराएका थिए ।

धौलागिरि कालिका हाइड्रोका प्रबन्ध निर्देशक हर्कमान मगरले कानुनी प्रक्रिया पूरा गरेर जति सक्दो छिटो पुल निर्माण सुरु र सम्पन्न गरिने प्रतिबद्धता जनाए । दाङखोलामा पुल निर्माणका लागि पूर्वाधार विकास कार्यालय म्याग्दी र इन्द्रेणी–फेवा जेभी पोखराबीच ०७६ जेठ २२ गते एक करोड ९३ लाखमा ठेक्का सम्झौता भएको थियो ।

सुरुमा उक्त आयोजना ०७७ जेठ २० गते सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । १८ मिटर लामो मोटरेबल निर्माणकार्य सुरु गर्ने तयारी हुँदा दरवाङ म्याग्दीखोला जलविद्युत् आयोजनाको बाँधको डुबान क्षेत्र पर्ने हुँदा प्रस्ताव गरिएको भन्दा २०० मिटरमाथि पुल बनाउन प्रदेश सरकारलाई आग्रह गर्ने र सरकारी निकायबाट पुल नबनेको अवस्थामा आयोजनाले नै पुल बनाउने सहमति भएको थियो ।

आयोजनाले समयमा काम गर्न नदिएको कारण देखाएर निर्माण व्यवसायी अदालत जाँदा पुल निर्माण सुरु हुन सकेको थिएन । स्थानीयले दबाबका लागि पुल निर्माण सुरु नहुँदासम्म जलविद्युत् आयोजना निर्माण कार्य बन्द गराएका थिए । २०७५ सालमा दाङखोलामा धवलागिरि गाउँपालिकाले निर्माण गरेको अस्थायी मोटरेबल पुल जीर्ण भएको र नयाँ पुल निर्माण नहुँदा गुर्जा, लुलाङ, मुना, मुदी, ताकमका बासिन्दालाई आवतजावत गर्न समस्या भएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३