विद्युत अपडेट

  • प्राधिकरण : ५७१४ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५६३० मे.वा.घन्टा
  • निजी क्षेत्र : १८१६३ मे.वा.घन्टा
  • आयात : १००७३ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ६० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९६४० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २०३५ मे.वा.
२०८२ फाल्गुण ३०, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । पर्वत इनर्जी प्रालिले ८.६० मेगावाटको मध्य लिखु साना जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ । सोलुखुम्बु जिल्लाको लिखुपिके गाँउपालिका, ओखलढुङ्गाको खिजिदेम्बा र रामेछापको उमाकुण्ड गाँउपालिका भएर बग्ने लिखु खोलाको पानी सदुपयाेग गरी उक्त आयोजना निर्माण गरिने भएको हाे ।

आयोजनालाई आवश्यक पानी लिन लिखु खोलामा ३० मिटर लामाे तथा २.५ मिटरसम्म अग्लाे बाँध निर्माण गरिने छ । बाँधको अधिकतम जलसतह समुद्री सतहबाट १२९९.० मिटर उचाइमा रहने छ ।

आयोजनाबाट वार्षिक सरदर ५४.५५ गिगावाट घण्टा विद्युुत् उत्पादन हुने अनुमान गरिएकाे छ । आयोजनाबाट उत्पादन भएको  बिजुली ३३ केभीको प्रसारण लाइन मार्फत १५.११ किलोमिटरको दूरीमा रहेको गर्ज्याङ सबस्टेसनमा लगेर जोडिने छ । कम्पनीले आयोजना निर्माण सुरु भएको ३६ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखेको छ ।

प्रारम्भिक वातावरणीय प्रभाव परीक्षण (आइइई) प्रतिवेदन तयार भइसकेको आयोजनाको निर्माण गर्दा उल्लेखनीय वातावरण प्रभाव पार्ने भए ३५ दिनभित्र लिखित राय, सुझाव तथा प्रतिक्रिया पेश गर्न आग्रह गर्दै विभागले शुक्रबार सूचना जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३