विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले शनिबार चितवनका ३ सबस्टेसनकाे विद्युत लाइन काट्ने भएकाे छ । प्राधिकरण हेटाैंडा ग्रिड महाशाखा अन्तर्गतकाे १३२ केभी भरतपुर सबस्टेसन मर्मत गर्न ५ घन्टाका लागि विद्युत लाइन काटिने भएकाे हाे ।

 मर्मत अविधभर भरतपुर, चनाैली र पर्सा सबस्टेसनबाट वितरण हुने विद्युत सेवा प्रभावित हुने ग्रिड महाशाखाले जनाएकाे छ । ग्रिड महाशाखाका अनुसार सबस्टेसनकाे मर्मत गर्न बिहान ९ बजेदेखि दिउँसाे २ बजेसम्म विद्युत सेवा अवरुद्ध हुनेछ ।

याे अविधमा सबस्टेसनकाे बसबार कन्डक्टर मर्मत, सिटिपिटि बदली तथा अन्य आवश्यक मर्मत संभारकाे काम हुनेछ । सबस्टेसनकाे मर्मत हुन्जेल ३ वटै सबस्टेसनबाट वितरण हुने फिडर बन्द हुने भएकाले चितवनकाे भरतपुर, टाँडी, पर्सालगायत स्थानकाे  विद्युत सेवा प्रभावित हुने प्राधिकरणले जनाएकाे छ । 

तोकिएको समयअगावै काम सम्पन्न भए निर्धारीत समयअगावै सेवा सुरु गर्ने पनि प्राधिकरणले जनाएको छ । प्राधिकरणले सार्वजनिक सूचना निकालेर प्रसारण तथा वितरण लाइनकाे मर्मत गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit