विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । आँबुखैरेनी गाउँपालिकाले एकतर्फी रूपमा ६९ मेगावाटको मर्स्याङ्दी जलविद्युत् केन्द्रको जलाशयमा मोटरबोट सञ्चालन गर्ने तयारी गरेको छ । नेपाल विद्युत् प्राधिकरणसँग सहकार्य नगरी तथा कुनै पनि मापदण्डबिना नै यस्तो तयारी अगाडि बढाएको हो ।

२०८१ बैशाख २ गते त्यसको उद्घाटन गर्ने भन्दै गाउँपालिकाले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतको तस्बिर समावेश गरी कार्यक्रम तालिकासमेत सार्वजनिक गरेको छ । उक्त तालिका अनुसार प्रमुख अतिथिको रूपमा मन्त्री बस्नेतले आँबुखैरेनी–२ एक्लेफाँट, फुटबल ग्राउण्डमा मोटरबोट सञ्चालनको शुभारम्भ गर्ने कार्यक्रम छ ।

मोटरबोट सञ्चालन गर्ने विषयमा भने प्राधिकरणले असहमति जनाएको छ, उसले निश्चित मापदण्ड बनाएर जलाशय तथा विद्युत् उत्पादनमा कुनै असर नपर्ने अवस्थामा मात्र सो कार्य अगाडि बढाउन सकिने तर्क राखेको छ । तर, यसलाई गाउँपालिकाले जबर्जस्ति गर्दै आएको जलविद्युत् केन्द्रले जनाएको छ ।

जलाशयमा मोटरबोट सञ्चालनको शुभारम्भ गर्न वैशाख २ गतेको आँबुखैरेनी जाने विषयमा मन्त्री बस्नेतसँग ऊर्जा खबरले जिज्ञासा राख्दा उनले त्यस्तो कार्यक्रम नरहेको बताए । यद्यपि, गाउँपालिकाले भने मन्त्रीको तस्बिर राखेर आकर्षक ब्यानरमा उद्घाटनको तालिका तयार गरेको छ । मन्त्रीसँगको समन्वयबिना नै त्यो कार्यक्रम कसरी राखियो भन्ने प्रश्न उठेको छ । गाउँपालिका अध्यक्ष शुक्र चुमान माओवादी पार्टीको भएको र उनले काम गरेको देखाउन यसलाई राजनीतिसँग जोडिएको जलविद्युत् केन्द्रका एक अधिकारीले बताए । 

कालीगण्डकी ‘ए’ मा मोटरबोट सञ्चालन गरेको देखेपछि पालिकाले धेरै अगाडिदेखि नै माग गरेको तर स्पष्ट मापदण्ड बनाएरमात्र अगाडि बढ्न सकिने विद्युत् केन्द्रले अडान राख्दै आएको थियो । केन्द्रका एक इन्जिनियरका अनुसार आंशिक जलाशय (पिआरओआर) आयोजनाको जलाशयमा मोटरबोट सञ्चालन गर्न सजिलो छैन ।

गाउँपालिका अध्यक्ष चुमानले भने स्थानीय सरकारको आफ्नो क्षेत्राधिकारभित्र पर्ने भएको हुँदा मोटरबोट सञ्चालन गर्न लागेको बताए । ‘प्राधिकरणले २५० मिटर क्षेत्रभित्र सञ्चालन गर्न नपाइने भन्यो, हामीले ४३२ मिटर छोडेर चलाउने तयारी गरेका छौँ,’ उनले ऊर्जा खबरसँग प्रश्न गरे, ‘ऊर्जा मन्त्रीले नै उद्घाटन गर्ने भएपछि जबर्जस्ति कसरी हुन्छ ?’

गाउँपालिकाको तयारी

केन्द्रको जलाशयमा मोटरबोट सञ्चालनका लागि गाउँपालिकाले गत पुस ९ गते बोलपत्र आह्वान गरेको थियो । मोटरबोट सेवाप्रदायक कम्पनी बोटेबोराको प्रस्ताव छनोट गरी उक्त कम्पनीसँग सम्झौता गरिसकेको जनाइएको छ ।

उक्त जलाशयमा तत्काल १ करोडको लगानीमा मोटरबोट सञ्चालन गर्न लागिएको तथ्य बाहिर ल्याइएको छ । साथै, जलाशयमा नेपालकै पहिलो र ठूलो मोटरबोट उत्पादक नेपाल सीप एण्ड बोट बिल्डिङ प्रालिले निर्माण गरेको अग्नि र फिस्टेल नामका दुई मोटरबोट सञ्चालन गरिने बताइएको छ ।

जलाशय नजिक प्रसिद्ध धार्मिक स्थल अल्कादेवी मन्दिर पनि रहेकाले धार्मिक पर्यटकहरूलाई समेत मोटरबोटमा आकर्षित गर्न सकिने गाउँपालिका अध्यक्ष चुमानको भनाइ छ । कम्पनीले थप तीन करोड लगानी गरी जलाशय किनारमा ‘बिच रेस्टुरेन्ट’, फ्लोटिङ डेक, रिभर भ्यु प्वाइन्ट, शौचालय तथा मोटरबोट सर्भिस सेन्टरसहितको संरचनाहरू बनाउने योजना छ ।

मोटरबोटमा घुम्न लाग्ने समयअनुसार फरक–फरक शुल्क कायम गरिएको जनाइएको छ । कम्पनीले ६ देखि ८ मिनेटसम्म मोटरबोटमा सयर गर्न प्रतिव्यक्ति २५०, १० देखि १२ मिनेटसम्मका लागि प्रतिव्यक्ति ५ सय रुपैयाँ, १५ देखि २० मिनेटसम्मका लागि प्रतिव्यक्ति १ हजार रुपैयाँ तोकेको पनि सार्वजनिक गरेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit