images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १८, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा
आर्थिक कोण

काठमाडौँ । देशको कुल गार्हस्थ उत्पादन (जिडिपी) मा विद्युत् तथा ग्यास क्षेत्रको वृद्धिदर करिब १७ प्रतिशत देखिएको छ । यो आर्थिक वर्ष (आव) २०७९/८० को दोस्रो त्रैमासिक र आव २०८०/८१ को सोही अवधिको तुलना गर्दा देखिएको वृद्धि हो ।

राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको आव २०८०/८१ को दोस्रो त्रैमासिकको जिडिपीमा आवास तथा भोजनसँग सम्बन्धित क्षेत्रको सबैभन्दा बढी २९.३ प्रतिशत र विद्युत् तथा ग्यास क्षेत्रको १७.१ प्रतिशतको वृद्धिदर रहेको छ । यस्तै, यातायात तथा भण्डारण क्षेत्रले १४.४ प्रतिशत वृद्धिदर हासिल गरेको छ ।

त्यसैगरी, खानी तथा उत्खनन् क्षेत्रको मूल्य अभिवृद्धि वृद्धिदर ९.४ प्रतिशत रहेको छ भने निर्माण क्षेत्रमा उत्खनन् भएको २.२ प्रतिशतको वृद्धिले यस क्षेत्रसँग प्रत्यक्ष भर पर्ने खानी तथा उत्खनन् क्षेत्रको वृद्धिमा समेत सकारात्मक प्रभाव पर्ने जनाइएको छ ।

कार्यालयका अनुसार गत आवको दोस्रो त्रैमासिकको तुलनामा चालू आवको सोही अवधिमा औद्योगिक वस्तुको उत्पादनमा कमी आएको छ । औद्योगिक क्षेत्रका कुल १८ वटा वर्गिकरणमध्ये ६ वटाको वृद्धिदर ऋणात्मक देखिएको छ ।

चालु आवको प्रथम त्रैमासिक (साउन, भदौ र असोज) को तुलनामा दोस्रो त्रैमासिक (कात्तिक, मंसिर र पुस) को प्रारम्भिक अनुमान अनुसार प्रस्तुत १८ औद्योगिक क्षेत्रमध्ये १२ वटाको उत्पादन बढेको छ । विद्युत् तथा ग्यास, आपूर्ति सेवा क्षेत्रमा सबैभन्दा बढी ९.३ प्रतिशतले वृद्धि हुने देखिएको छ ।

त्यसैगरी, यातायात तथा भण्डारण क्षेत्रको वृद्धिदर ६.५ प्रतिशत, कृषि, वन तथा मत्स्य क्षेत्रको वृद्धिदर २.६ प्रतिशत र समग्र अर्थतन्त्रको वृद्धिदर ०.७ प्रतिशत हुने प्रारम्भिक अनुमान छ । ऋणात्मक वृद्धि हुने ६ वटा क्षेत्रमध्ये सबैभन्दा बढी निर्माण क्षेत्र देखिएको छ ।

मौसमी प्रभाव समायोजन गरिएको त्रैमासिक जिडिपीको आधारभूत मूल्यमा गत आवको दोस्रो त्रैमासिकको तुलनामा चालु आवको सोही अवधिमा ४ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ । यसका पछाडि धान तथा अन्नबाली लगायत कृषि उत्पादनमा बढोत्तरीसँगै पर्यटन आगमनमा भएको वृद्धि मुख्य कारण देखिएका छन् ।

तथ्यांक कार्यालयले आव २०६७/६८ लाई आधार मानेर आव २०८०/८१ को दोस्रो त्रैमासिकको जिडिपी सार्वजनिक गरेको हो । प्रत्येक त्रैमासिक सकिएको ९० दिनभित्र त्रैमासिक राष्ट्रिय लेखा अनुमान सार्वजनिक गर्ने कार्यालयको नीति अनुसार उल्लिखित तथ्यांक बाहिर ल्याइएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit