images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १७, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सगरमाथा जलविद्युत कम्पनी लिमिटेड र मोलुङ्ग हाइड्रो पावर कम्पनी लिमिटेडको सेयर नेपाल स्टक एक्चेन्ज (नेप्से) मा सुचीकृत भएको छ । बुधबार (चैत २९ गते) यी दुई कम्पनीको सेयर नेप्सेमा सूचीकृत भएको हो ।

सगरमाथा जलविद्युत कम्पनीको प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूमा वितरण गरिएको १० प्रतिशत अर्थात ११ लाख २० हजार कित्ता, सर्वसाधारण सेयरधनीहरूमा वितरण गरिएको (सामूहिक लगानी कोष, कम्पनीको कर्मचारी र वैदेशिक रोजगारीमा रहेको नेपाली समेत) ३९ प्रतिशत अर्थात ४३ लाख ६८ हजार कित्ता र कम्पनीका संस्थापकहरूले लगानी गरेको ५१ प्रतिशत अर्थात ५७ लाख १२ हजार कित्ता गरी १ करोड १२ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीको इलाममा ९.६ मेगावाटको सपरमाई ‘ए’ जलविद्युत आयोजना सञ्चालनमा छ ।

यसैगरी, मोलुङ्ग हाइड्रोको स्थानीय बासिन्दाहरूमा वितरण गरिएको १० प्रतिशत अर्थात ८ लाख २ हजार ५ सय कित्ता, सर्वसाधारण लगानीकर्ताहरूमा वितरण गरिएको (कर्मचारी समेत) ३४ प्रतिशत अर्थात २७ लाख २८ हजार ५ सय कित्तँ र कम्पनीका संस्थापकहरूले लगानी गरेको ५६ प्रतिशत अर्थात ४४ लाख ९४ हजार कित्ता समेत गरी जम्मा ८० लाख २५ हजार कित्ता सेयर सूचीकृत भएको हो ।

कम्पनीको ओखलढुंगामा ७ मेगावाटको मोलुङ्ग खोला जलविद्युत आयोजना सञ्चालनमा छ । यो आयोजनाले २०६४ चैत १२ गतेदेखि निरन्तर विद्युत उत्पादन गरिहरको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit