विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २१, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । पाँचथर पावर कम्पनी लिमिटेडको संस्थापक सेयर सर्वसाधारणमा परिणत हुने भएको छ । कम्पनीको संस्थापक, आयोजना प्रभावित स्थानीय र कर्मचारीको स्वामित्वमा रहेको सेयर सर्वसाधारणमा परिणत हुने भएकाे हाे ।

७८ लाख ८४ हजार ३ सय ४८ कित्ता सेयर सर्वसाधारणमा परिणत गर्न लागिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ७७ लाख कित्ता, आयोजना प्रभावित स्थानीय बासिन्दामा बाँडफाँड गरिएको १ लाख ७४ हजार ७ सय ५० कित्ता र कर्मचारीमा बाँडफाँड गरिएको ९ हजार ५ सय ९८ कित्ता सेयर सर्वसाधारणमा परिणत गर्न लागिएको हो ।

सेयर सर्वसाधारणमा परिणत भएपछि नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) दोस्रो बजारमा किनबेच खुल्नेछ । सेयर फागुन २३ गतेबाट दोस्रो बजारमा कारोबारमा आउने कम्पनीले जनाएको छ ।

१४.९ मेगावाट क्षमताको हेवा खोला ‘ए’ जलविद्युत आयोजनाका लागि लगानी गरिएको संस्थापक र आयोजना प्रभावित सेयर सर्वसाधारणमा परिणत गरिनेछ । आयोजनाले विगल लामो समयदेखि विद्युत उत्पादन गरिरहेको छ । आज (बुधबार) को अन्तिम कारोबार मूल्य अनुसार यो कम्पनीको प्रतिकित्ता ५१८ रुपैयाँ कायम भएको छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit