विद्युत अपडेट

  • प्राधिकरण : ८१८७ मे.वा.घन्टा
  • सहायक कम्पनी : ८५६२ मे.वा.घन्टा
  • निजी क्षेत्र : २४६७५ मे.वा.घन्टा
  • आयात : २७१५ मे.वा.घन्टा
  • निर्यात : ३३११ मे.वा.घन्टा
  • ट्रिपिङ : ५० मे.वा.घन्टा
  • ऊर्जा माग : ४४१९० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९८२ मे.वा.
२०८३ ब‌ैशाख १६, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । विद्युत् विकास विभागले निर्माण–स्वामित्व ग्रहण–सञ्चालन–हस्तान्तरण (बुट) मोडलमा ३६५.४२ मेगावाटका ८ आयोजना बनाउन योग्य कम्पनीहरूबाट आशयपत्र आह्वान गरेको छ । नेपाली जलविद्युत् कम्पनी तथा नेपालमा दर्ता भएका तिनका संयुक्त उपक्रम कम्पनी (जेभी) ले समेत आयोजना विकासको प्रतिस्पर्धामा भाग लिन पाउने गरी विभागले आशयपत्र माग गर्दै वैशाख २७ गते सूचना जारी गरेको हो । 

सूचना अनुसार ६५ मेगावाटको कालीगण्डकी माथिल्लो (म्याग्दी), ६१.०२ मेगावाटको हुम्ला कर्णाली, ५०.५ मेगावाटको बेनी कालीगण्डकी (म्याग्दी र पर्वत), ४९.५ मेगावाटको लोटी कर्णाली (हुम्ला), ४७ मेगावाटको दुधकोशी–४ (सोलुखुम्बू), ४०।८ मेगावाटको संखुवाखोला–१ (संखुवासभा), ३०.२ मेगावाटको तल्लो होङ्गु (सोलुखुम्बू) र २१.४ मेगावाटको इन्खु खोला जलविद्युत् आयोजना विकास गरिने भएको हो । 

आयोजनाहरूको विकासका लागि अन्य आयोग्यताको मापदण्ड आशपत्रको आवेदन फारमसँगै उपलब्ध गराइने विभागले जनाएको छ । आशय पत्र पेश गर्ने कम्पनीहरूको प्राविधिक दक्षताका आधारमा ३० प्रतिशत, आयोजना विकासको अनुभवको आधारमा ३० प्रतिशत र वित्तीय क्षमताका आधारमा ४० प्रतिशत मूल्यांकन गरिने विभागले जनाएको छ । 

योग्य तथा इच्छुक कम्पनीले जेठ २५ (८ जुनभित्र) आइतबार दिउँसो १२ बजेभित्र आशय पत्र दर्ता गरिसक्नु पर्ने र सोही दिन दिउँसो १ बजे आशय पत्र खोलिने विभागले जनाएको छ । 

विभागले सार्वजनिक निजी साझेदारी तथा लगानी ऐन २०७५, र नियमावली २०७७ अनुसार आशय पत्रको मूल्यांकनका प्रतिस्पर्धाका आधारमा गरी विकास कर्ता कम्पनी छनोट गरिने विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३