विद्युत अपडेट

  • प्राधिकरण : ७७५५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३५५६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२७२१ मे.वा.घन्टा
  • आयात : १०६१९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८२५० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९३२ मे.वा.
२०८१ ब‌ैशाख २४, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा सूचीकृतमध्ये ६८ जलविद्युत कम्पनीले आर्थिक वर्ष (आव) २०७९/८० को वित्तीय विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक वित्तीय विवरण अनुसार ४२ कम्पनी नाफामा र २६ कम्पनी घाटामा देखिएको छ ।

नाफामा रहेको कम्पनीले ९ महिनाको अवधिमा करिब ११ अर्ब रुपैयाँ आम्दानी गरेका छन् । विवरण अनुसार उक्त कम्पनीले जलविद्युत केन्द्रबाट उत्पादन भएको विद्युत बिक्री गरी याे अवधिमा १० अर्ब ७६ करोड ६१ लाख ९८ हजार रुपैयाँ आम्दानी गरेका छन् । यी कम्पनीले यो अवधिमा ३ अर्ब ३२ करोड १५ हजार ७ सय रुपैयाँ खुद नाफा कमाएका छन् ।

यो अवधिमा सबैभन्दा बढी नाफा कमाउने कम्पनीमा चिलिमे जलविद्युत कम्पनी लिमिटेड रहेको छ । यो कम्पनीले ५२ करोड ८९ लाख ८३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यस्तै, सानिमा माई हाइड्रो पावर लिमिटेडले ३८ करोड ८२ लाख ३० हजार, बुटवल पावर कम्पनीले २६ करोड ८१ लाख ९५ हजार रुपैयाँ खुद नाफा कमाएको विवरणमा उल्लेख छ ।

यसैगरी, घाटामा रहेका २६ कम्पनीले यो अवधिमा ३ अर्ब ४० करोड ५५ लाख ३८ हजार ६ सय रुपैयाँ नोक्सान व्यहोरेका छन् । यी कम्पनीमध्ये २१ कम्पनीका आयोजनाले विद्युत उत्पादन गरिरहेका छन् । बाँकी ५ कम्पनीको आयोजना निर्माणाधीन छन् ।

यो अवधिमा २१ कम्पनीले विद्युत बिक्री गरी ११ अर्ब ५३ करोड २५ लाख ७५ हजार ८ सय रुपैयाँ आम्दानी गरेका छन् भने यी कम्पनीहरू ३ अर्ब ३३ करोड ५२ लाख ८५ हजार ९ सय ६१ रुपैयाँ घाटा छन् ।

नेप्सेमा सूचिकृतमध्ये ७ कम्पनीले कुनै पनि वित्तीय विवरण सार्वजनिक गरेको भेटिएन । विवरण सार्वजनिक नगरेका कम्पनीहरूमा इष्टन हाइड्रो पावर लिमिटेड, मकर जितुमाया सुरी हाइड्रो पावर लिमिटेड, माई खोला हाइड्रो पावर लिमिटेड, दोल्ती पावर कम्पनी लिमिटेड, भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेड र बुद्धभूमी नेपाल हाइड्रो पावर कम्पनी लिमिटेड रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit