विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २१, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । युनिटेक हाइड्रो पावर कम्पनीले माथिल्लो फवा खोलाको विद्युत राष्ट्रिय प्रसारण प्रणालीम जोड्न ३३ केभी लाइन निर्माण गर्ने भएको छ । कम्पनीले ताप्लेजुङमा निर्माणाधीन आयोजनादेखि नेपाल विद्युत प्राधिकरणको काबेली सबस्टेसनसम्म करिब ८ किलाेमिटर लामाे लाइन निर्माण गर्न लागेको हो ।

प्रदेश नम्बर १ अन्तर्गत ताप्लेजुङ जिल्लाको पाथिभरा याङवरक गाउँपालिकास्थित माथिल्लो फवा खोला जलविद्युत आयोजनाको स्विचयार्डदेखि पाँचथर जिल्लाको प्राधिकरणको ३३/१३२ केभी सबस्टेसन सम्म लाइन निर्माण गर्न लागिएको हो ।

अध्ययन पूरा भएको लाइनको निर्माण अनुमतिका लागि विद्युत विकास विभागमा आवेदन दिएको कम्पनीले जनाएको छ । कम्पनीलाई अनुमतिपत्र दिन विभागले ३५ दिने सूचना जारी गरेको छ । विभागले अनुमतिपत्र दिनुअघि प्रसारण लाइन निर्माण तथा सञ्चालन गर्दा पर्न सक्ने प्रतिकुल असरबारे सम्बन्धित सरोकारवालासँग राय/सुझाव मागेको छ ।

७.८ किलोमिटर लामो लाइनमा करिब १६० वटा पोलहरू रहने कम्पनीले जनाएको छ । जमिनको सतहबाट पोलको उचाई १३ मिटर तथा पोलहरूबीचको औसत दुरी ७० मिटर हुनेछ । लाइन निर्माणको काम आगामी ७ महिनाभित्र सम्पन्न गरिने पनि कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit