विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १५, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । देशका विभिन्न स्थानमा जलविद्युत आयोजना निर्माण तथा सञ्चालन गरिरहेका ९ जलविद्युत कम्पनीले साढे ११ करोड कित्ता सेयर निष्कासन अनुमति पाएका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आयोजना प्रभावित स्थानीय र सर्वसाधारण तथा वैदेशिक रोजगारीमा गएकाहरूका लागि सेयर निष्कासन गरी बाँडफाँड गर्न अनुमति दिएको हो ।

बैशाखदेखि असार २० गतेसम्मको अवधिमा ११ करोड ३४ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्न ९ जलविद्युत कम्पनीले अनुमति पाएको बोर्डले जनाएको छ । सेयर निष्कासन अनुमति पाउने कम्पनीहरूमा  अप्पर स्याङगे हाइड्रो पावर लिमिटेड, कुथेली बुखरी स्मल हाइड्रो पावर लिमिटेड, अप्पर लोहरे खोला हाइड्रो पावर कम्पनी लिमिटेड, मनकामना इन्जिनियरिङ हाइड्रो पावर लिमिटेड, भगवती हाइड्रो पावर डेभलपमेन्ट कम्पनी लिमिटेड, मिड–सोलु हाइड्रो पावर लिमिटेड, मान्डु हाइड्रो पावर लिमिटेड, चिरख्वा हाइड्रो पावर लिमिटेड र माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेड रहेका छन् ।

सेयर निष्कासन गर्न अनुमति पाएका कम्पनीहरूमध्ये सबै भन्दा बढी मनकामना इन्जिनियरिङको रहेको छ । यो कम्पनीले २८ लाख कित्ता सेयर निष्कासन असार ५ गते अनुमति पाएको छ । सोहीअनुसार कम्पनीले असार १९ गतेदेखि प्रभावित स्थानीय र वैदेशिक रोजागारीमा गएका नेपाली नागरिकका लागि १० लाख कित्ता सेयर निष्कासन गरेको छ । कम्पनीको दोलखा जिल्लामा ५ मेगावाटको घट्टे खोला जलविद्युत आयोजना सञ्चालनमा छ ।

यसैगरी, रसुवामा १४.३ मेगावाटको माथिल्लो मैलुङ निर्माण गरिरहेको माथिल्लो मैलुङले पनि असार २० गते २५ लाख कित्ता सेयर निष्कासन अनुमति पाएको छ ।  अप्पर लोहरेले २४ लाख ९८ हजार ४० कित्ता सेयर निष्कासन गर्न जेठ २३ गते नै अनुमति पाएको हो । यो कम्पनीले सेयर निष्कासन अनुमति पाएसँगै स्थानीयका लागि सेयर निष्कासन गरेको छ । सर्वसाधारणका लागि भने स्थानीयको सेयर निष्कासन गरी बाँडफाँड गरेपछि बिक्री खुल्ला गर्ने कम्पनीले जनाएको छ । कम्पनीको दैलेखमा ५ मेगावाटको माथिल्लो लोहरे खोला जलविद्युत आयोजना निर्माणाधीन छ ।

यसैगरी, चिरख्वा हाइड्रोले १२ लाख कित्ता सेयर निष्कासन गर्न असार ६ गते अनुमति पाएको छ । मान्डु हाइड्रोले ३३ करोड ७० लाख ९२ हजार २२० रुपैयाँ रकम बराबरको सय रुपैयाँ अंकितमा प्रिमियम रमक १०६ रुपैयाँ थप गरी २०६ का दरले १६ लाख ३६ हजार ३ सय ७० कित्ता सेयर निष्कासन अनुमति पाएको छ । यो कम्पनीले भोली (२८ गते) देखि पहिलो चरणको सेयर निष्कासन गर्नेछ ।

मिड सोलुले १४ करोड ९६ लाख ८० हजार रुपैयाँ बराबरको १४ लाख ९६ हजार ८ सय कित्ता सेयर निष्कासन गर्ने असार १८ गते अनुमति दिएको बोर्डले जनाएको छ । यो कम्पनीको सोलुखुम्बुमा ९.५ मेगावाटको मध्य सोलु निर्माणाधीन छ ।

भगवती हाइड्रो पावर डेभलपमेन्ट कम्पनी लिमिटेडको १६ करोड ५८ लाख ९८ हजार ७ सय ९२ रकम बराबरको सय रुपैयाँ अंकितमा १६ रुपैयाँ प्रिमियम थप गरी ११६ रुपैयाँका दरले १४ लाख ३० हजार १ सय ६२ कित्ता सेयर निष्कासन अनुमति पाएको छ । अनुमति पाएसँगै यो कम्पनीले असार २४ गतेदेखि प्रिमियम शुल्कमा  आयोजना प्रभावित स्थानीयका लागि सेयर बिक्री खुल्ला गरेको छ । कम्पनीको कास्की जिल्लामा ४.५ मेगावाटको बिजयपुर–१ सञ्चालनमा छ ।

अप्पर स्याङगेको ८७ करोड रकम बराबरको सय रुपैयाँ अंकित ८ लाख ७० हजार कित्ता सेयर निष्कासन गर्न अनुमति दिएको बोर्डले जनाएको छ । यो कम्पनीले भने सबै सेयर निष्कासन गरीसकेको छ । कुथेली बुखरीले पनि २ लाख ४३ हजार ६ सय ७५ कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो । जसमध्ये स्थानीयका लागि सेयर निष्कासन गरी बाँडफाँड गरिसकेको छ भने सर्वसाधारणका लागि असार २६ गतेदेखि बिक्री खुल्ला गरेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit