विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १५, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको सेयर बाँडफाँड भएको छ । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले सेयर निष्कासन गरी बाँडफाँड गरेको हो ।

क्यापिटलकाअनुसार सेयर खरिदका लागि ११ लाख ६१ हजार ५२९ जनाको आवेदन परेको थियो । जसमध्ये ११ लाख ५६ हजार ९२७ जनाको आवेदन मात्र योग्य थियो भने ४ हजार ६०२ जनाको आवेदन रद्द भएको थियो ।

क्यापिटलले योग्य आवेदकमध्ये गोलाप्रथाबाट २ लाख ७ हजार ५२८ जनालाई १० कित्ताको दरले सेयर बाँडफाँट गरेको छ भने बाँकी रहेको ५ कित्ता सेयर ५ जनालाई थप गरी ११ कित्ता बाँडफाँट गरेको छ ।

कम्पनीका सेयर खरिदका लागि आवेदन दिने ९ लाख ४९ हजार ३९९ जना आवेदकको भने हात खाली भएको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरू, सामूहिक लगानी कोष र कम्पनीका कर्मचारीहरूलाई बाँडफाँट गरी बाँकी रहेको ४ लाख ८७ हजार ९१० कित्ता सेयरसहित कुल २० लाख ७५ हजार २८५ कत्ता साधारण सेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो ।

कम्पनीले अहिले कास्कीमा २५ मेगावाटको सेती नदी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । यो आयोजना सम्पन्न गर्न ५ अर्ब २० करोड रुपैयाँ लागत अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit