images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । दाेलखामा ४५६ मेगावाटकाे माथिल्लाे तामाकाेसी जलविद्युत आयाेजना निर्माण सम्पन्न गरी सञ्चालन गरिरहेकाे अपर तामाकोसी हाइड्रो पावर लिमिटेडले ४५ कर्मचारी माग गरेको छ । कम्पनीले निर्माणाधीन तथा निर्माणमा जाने तयारीमा रहेको जलविद्युत आयोजनामा खटाउने गरी कर्मचारी माग गरेको हो ।

कम्पनीले तह ८ का लागि २ जना, तह ७ का लागि ७, तह ६ का लागि ४, तह ५ का लागि ६, तह ४ का लागि १२ र तह ३ का लागि १४ कर्मचारी माग गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार तह ८ मा १ जना वरिष्ठ इलेक्ट्रिकल इन्जिनियर र १ जना वरिष्ठ मेकानिकल इन्जिनियर, तह ७ का लागि ३ जना इलेक्ट्रिकल इन्जिनियर, १ जना इलेक्ट्रोनिक तथा सञ्चार इन्जिनियर, एकजना सिभिल इन्जिनियर, एकजना वातावरणविद् र १ एकजना जियोलजिस्टको माग गरिएको हो । 

तह ६ का लागि २ जना सहायक प्रशासकीय अधिकृत, २ जना सहायक लेखा अधिकृत, तह ५ का लागि एकजना इलेक्ट्रिकल सुपरभाइजर, एकजना सिभिल सुपरभाइजर र ४ जना मेकानिकल सुपरभाइजरको माग गरेको कम्पनीले जनाएकाको छ । साथै, तह ४ का लागि ४ जना इलेक्ट्रिकल फोरमेन, ८ जना मेकानिकल फोरमेन र तह ३ का लागि ३ जना इलेक्ट्रिकल इलेक्ट्रिसियन र ११ जाना मेकानिकल जुनियर मिस्त्रीको माग गरेको छ । 

इच्छुक योग्य व्यक्तिले साउन ९ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ । आवेदन दिँदा बायोडाटा, नेपाली नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि र पासपोर्ट साइजको फोटोसहित बुझाउनुपर्नेछ ।

माथिल्लाे तामाकाेसीले २०७८ भदाैदेखि व्यापारीक उत्पादन सुरु गरेकाे हाे । यही कम्पनीले २० मेगावाटकाे राेल्वालिङ खाेला निर्माण गरिरहेकाे छ भने ९९.५ मेगावाटकाे तामाकाेसी-५ काे निर्माण प्रक्रिया सुरु गरेकाे छ । कम्पनीले याे आयाेजना निर्माणका लागि असार १३ गते ठेक्का आह्वान गरेकाे छ ।

कम्पनीले यसअघि २०७९ साउन ९ (जुलाई २५, २०२२) गते आयोजना निर्माणका लागि ठेक्का निकालेको थियो । आयोजना निर्माणका लागि इच्छा जाहेर गरेका ४ मध्ये दुई कम्पनी प्राविधिक प्रस्तावमा छनौट भएका थिए । उक्त ठेक्कामा सिनो हाइड्रो कर्पोरेसन लिमिटेड र चाइना गेजुवा ग्रुप कम्पनी लिमिटेड पास भएर सर्टलिष्टमा परेका थिए । दुई कम्पनीको वित्तीय प्रस्ताव प्रवर्द्धक कम्पनीले गरेको अनुमानभन्दा बढी भएकोले ठेक्का रद्ध भएको थियो । 

थप जानकारीका लागि

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit