विद्युत अपडेट

  • प्राधिकरण : ७७५५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३५५६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२७२१ मे.वा.घन्टा
  • आयात : १०६१९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८२५० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९३२ मे.वा.
२०८१ ब‌ैशाख २४, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । बुटवल पावर कम्पनीको गत आर्थिक वर्ष २०७८/७९ को खुद नाफा करिब २४ करोड रुपैयाँ घटेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार कम्पनीको खुद नाफा घटेको देखिएको हो ।

कम्पनीले गत वर्ष २६ करोड ३९ लाख ४१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो भनेको अघिल्लो आव २०७७/७८ को तुलनामा २३ करोड ७८ लाख ७६ हजार रुपैयाँ घटेको हो । अघिल्लो वर्ष भने ५० करोड १८ लाख १७ हजार रुपैयाँ खुद नाफ कमाएको थियो ।

खुद नाफा घटेपनि कम्पनीकाे विद्युत बिक्रीबाट हुने आम्दानी भने बढेको छ । कम्पनीले गत वर्ष विद्युत बिक्रीबाट ७७ करोड ५० लाख ४९ हजार रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो वर्ष भने ६४ करोड ६१ लाख ४२ हजार रुपैयाँ आम्दानी गरेको थियो ।

जलविद्युत विकासमा सशक्त र संगठितरूपमा अघि बढिरहेको बिपिसीको लगानी रहेका १२ मेगावाटको झिमरुक, ९.४ मेगावाटको आँधीखोला र ४ मेगावाटको खुदी, ३० मेगावाटको न्यादी जलविद्युत आयोजना सञ्चालनमा छन् । 

यस्तै, ३६.४ मेगावाटको काबेली ‘ए’ निर्माणाधीन छन् । १३९.२ मेगावाटको तल्लो मनाङ मस्र्याङ्दी, १६० मेगावाटको मुगु कर्णाली, ७.९ मेगावाटको चिनो खोला, मस्र्याङ्दी क्यासकेड आयोजना अघि बढाउने गरी अनुमति पत्र लिएको छ । नर्वेजियन लगानीमा निर्माण भएको ६० मेगावाटको खिम्तीमा बिपिसीको १६.८८ प्रतिशत सेयर स्वामित्व छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit