विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १४, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । दाङको तुलसीपुरमा सार्वजनिक सवारी साधनकाे ठक्करले २५ विद्युतीय पोलमा क्षति पुगेकाे छ । बैशाख यता गुडिरहेका सवारी साधनले सडक किनारका विद्युतीय पाेलमा ठक्कर दिँदा क्षति पुगेकाे हाे ।

प्रसारण तथा वितरण लाइनका विद्युतीय पाेलमा गुडिरहेका सवारी साधनले ठक्कर दिँदा संरचनामा ठूलाे क्षति पुगेकाे  नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्र प्रमुख जगननाथ लामिछानेले बताए । उनका अनुसार निशेधाज्ञाकाे समयमा खाली रोडमा तीव्र गतिमा गुडेका सवारी साधन सडकमा अनियमित भई विद्युतीय पोलमा ठाेक्किँदा प्राधिकरणकाे संरचनामा क्षति पुगेकाे हाे । 

‘पछिल्लो समय विनाकारण विद्युतीय पोल गाडी ठाेक्ने गतिविधि धेरै बढेकाे छ’ उनले ऊर्जा खबरसँग भने, ‘यही कारण विद्युत आपूर्ति अनियमित हुने समस्या पनि बढिरहेकाे छ ।’ उनले यही सातामा मात्रै २ वटा विद्युतीय पाेलमा क्षति गरेकाे उनले बताए । 

दिउँसाे विद्युतीय पाेलमा ठक्कर दिएर क्षति पुर्याउने माथि स्थानीयको सुझाव अनुसार पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाउने गरिएकाे भए पनि रातकाे समयमा कारबाही गर्न नसकिएकाे उनले बताए । रातकाे समयमा ठक्कर दिने सवारी साधन पाेलमा क्षति पुर्याएर भाग्ने गरेकाले कारबाही गर्न नसकिएकाे वितरण केन्द्रले जनाएकाे छ ।

तुलसीपुर क्षेत्रमा मानविय लापरबाहीले गर्दा अत्यधिक मात्रामा विद्युतीय संरचनामा क्षति पुग्ने पनि लामिछानले बताए । १ साता अघि पनि मादक पदार्थ सेवन गरेका व्यक्तिले विद्युत प्रसारण भइरहेको ३३ केभी लाइनमा कुकुर बाँध्नका लागि प्रयोग हुने साङ्लो अड्काउँदा तुलसीपुर सबस्टेसनमा जडान भएको ८ एमभिएको पावर ट्रान्सफर्मर जलेको छ ।

मानवीय लापरवाहीका कारणले विद्युत सेवा अवरुद्ध हुनुका साथै पोल, तार, क्वाइल, फिडरहरू समेत मर्मत गर्नुपर्ने अवस्था आएकाे लामिछानेले बताए । मानवीय गल्तीका कारण करोडौँको विद्युतीय संचरनामा क्षती पुगेको छ । 

विद्युतीय पोलमा सवारी ठोक्काउँदा, सामान फाल्दा तारहरू एक आपसमा जोडिन्छ र विद्युत सर्ट हुन्छ । यसाे हुँदा विद्युतीय दुर्घटनाकाे जाेखिम पनि बढ्ने गरेकाे वितरण केन्द्रले जनाएकाे छ ।

संरचनामा क्षति पुगेर विद्युत आपूर्ति बन्द हुँदा स्थानीय सेवाग्राहीले लोडसेडिङ गरेकाे भनी प्राधिकरणका कर्मचारी माथि आक्राेश पाेख्ने गरेकाे उनकाे गुनासाे छ । यस वितरण केन्द्र अन्तर्गत करिब ४५ हजार ग्राहक छन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit