विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २१, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । घलेम्दी हाइड्रो पावर कम्पनी साढे ३ करोड रुपैयाँ घाटामा छ । कम्पनीले सार्वजानिक गरेको गत आर्थिक वर्ष २०७८/७९ को वित्तिय विवरण अनुसार कम्पनी घाटामा देखिएको हो । 

असारसम्मको अवधिमा कम्पनी ३ करोड ६० लाख २० हजार २ सउ १२ रुपैयाँ घाटामा रहेको वित्तिय विवरणमा उल्लेख छ । गत वर्षको तुलनामा कम्पनी घाटामा गएको देखिएको हो । गत असार १० गते अाएकाे वर्षासँगैकाे बाढीपहिराेले केन्द्रमा क्षति पुर्याइ एक महिना उत्पादन बन्द हुँदा घाटामा रहेकाे कम्पनीले जनाएकाे छ । गत वर्ष २ करोड ४६ लाख ८१ हजार ४ सय ४० रुपैयाँ खुद नाफा कमाएको थयो । 

कम्पनीेले यस अवधिमा ५ मेगावाटको घलेम्दीको विद्युत बिक्री गरी २ करोड ६२ लाख ४५ हजार ६ सय ५८ रुपैयाँ आम्दानी गरिएको छ ।  कम्पनीका अनुसार गत वर्षको तुलनामा विद्युत बिक्री बाट भएको आम्दानी घटेको हो । गत वर्ष कम्पनीले विद्युत बिक्री गरी २ करोड ६४ लाख ८ हजार ७ सय ९५ रुपैयाँ आम्दानी गरेको थियो ।

यस्तै, कम्पनीको अन्य स्रोतको आम्दानी गत वर्षको तुलनामा घटेको देखिएको छ । कम्पनीको गत वर्ष ६ करोड ५४ लाख ११ हजार १ सय २२ रुपैयाँ आम्दानी गरेको थियो भने कम्पनीले असारसम्मको अवधिमा अन्य स्रोतबाट ६ सय ५१ रुपैयाँ मात्र आम्दानी गरेको छ । 

कम्पनीको म्याग्दी जिल्लामा रहेको ५ मेगावाटको घलेम्दी खोला जलविद्युत आयोजना सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit