images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौैं । नेपाल विद्युत प्राधिकरणले आफ्नो सेवालाई भरपर्दो बनाउन  कालिञ्चोक गाउँपालिका वडा नम्बर ८ सुनखानीमा फ्युज सेवा सञ्चालनमा ल्याएको छ । बत्ती झ्याप्प-झ्याप जाने लगायतका बिजुलीकाे समस्यालाई समाधान गर्न फ्युज सेवा सञ्चालनमा ल्याएको हो ।

आइतबार (भदौ ३ गते) बिहान कालिञ्चोक गाउँपालिका अध्यक्ष अर्जुनप्रसाद शिवाकोटीले प्राधिकरणको फ्युज सेवाले अब कालिञ्चोक गाउँपालिकाका विभिन्न क्षेत्रमा विद्युत भरपर्दो र गुणस्तरीय हुने विश्वास व्यक्त गरे ।

सामान्य बेला पनि झ्याप्प झ्याल बत्ती जाने र २–३ दिनसम्म अध्याँरोमा बस्नुपर्ने समस्या समाधानको लागि प्राधिकरण दोलखा वितरण केन्द्रले सेवा सञ्चालनमा ल्याएको केन्द्रका प्रमुख मेघनाथ ढकालले जानकारी दिए । फ्युज सेवा नहुँदा कालिञ्चोक गाउँपालिकाका ६ वटा वडाले बिजुलीको समस्या भोग्दै आएका थिए ।

गाउँमा रुखका हाँगाले नाङ्गो तार छुुदा र हावाहुरीले तारहरू लत्रिदा बेला बेलामा बत्तीको समस्या भोग्दै आएका थिए । फ्युज सेवा सञ्चालनमा आएपछि सामान्य समस्याहरू तुरुन्तै हल गर्न सकिने ढकालले बताए । यसअघि कालिञ्चोक गाउँपालिका क्षेत्रमा विद्युतका समस्या हुँदा सिंगटीदेखि आएर मर्मत संभार गर्नपर्ने बाध्यता थियो ।

सुनखानी फ्युज सेवा उद्घाटन कार्यक्रम केन्द्रका प्रमुख ढकालको अध्यक्षता र कालिञ्चोक गाउँपालिकाका अध्यक्ष अर्जुन शिवाकोटीको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा कालिञ्चोक गाउँपालिका वडा नम्बर ८ का वडाअध्यक्ष बालकृष्ण आचार्यले हावाहुरी लाग्दा र ठूलो पानी पर्दा छिनछिनमा बत्ती गएर सुनखानीबासीले भोग्दै समस्याको बारेमा आफ्ना धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit