विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २२, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । माउन्टेन इनर्जी नेपालले ३ महिना अवधिमा करिब साढे २९ करोड रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासिकसम्मको अवधिमा सो मुनाफा कमाएको हो  ।

साउनदेखि असोजसम्ममको अवधिमा २९ करोड ३५ लाख ८ हजार रुपैयाँ खुद नाफा कमाएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यो गत वर्षको यही समयअवधिको तुलनामा बढी हो । गत वर्ष ३ करोड ३१ लाख ३४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

म्याग्दीमा निर्माण सम्पन्न ४२ मेगावाटको मिस्त्री खोलाको विद्युत प्रणालीमा जोडिएसँगै खुद नाफा बढेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार मिस्त्री खोलाको विद्युत गत असार ३ गतेदेखि प्रणालीमा जोडिएको हो ।

यो अवधिमा कम्पनीले विद्युत ५ मेगावाटको तादी खोला र मिस्त्री खोलाको विद्युत बिक्री गरी ३८ करोड ७१ लाख ५७ हजार रुपैयाँ आम्दानी गरेको छ । जसमा मिस्त्री खोलाको विद्युत बिक्री गरी ३३ करोड ४९ लाख १० हजार रुपैयाँ र तादीको विद्युत बिक्री गरी ५ करोड २२ लाख ४७ हजार रुपैयाँ आम्दानी भएको छ ।

कम्पनीको तादी खोलाले २०६९ चैत्र १४ गतेदेखि नियमीत विद्युत उत्पादन गरिरहेको छ ।

रुरु जलविद्युतले पनि ३ करोड ३३ लाख नाफा कमायो

रुरु जलविद्युत कम्पनीले ३ महिना अवधिमा करिब ३ करोड ३३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले चालु आर्थिक वर्ष २०७८/७९ सुरु भएदेखि असोजसम्मको अवधिमा सो मुनाफा कमाएको हो ।

साउनदेखि असोजसम्म ३ करोड ३३ लाख ३५ हजार रुपैयाँ खुद नाफा कमाएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यो गत वर्षको यही समय अवधिको तुलनामा करिब १५ लाख ६ हजार रुपैयाँ बढी हो । गत वर्ष ३ करोड १८ लाख २९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस्तै, कम्पनीले यो अवधिमा गुल्मीमा सञ्चालित ५ मेगावाटको माथिल्लो हुग्दी खोला जलविद्युत केन्द्रको विद्युत बिक्री गरी ५ करोड १५ लाख ९० हजार रुपैयाँ आम्दानी गरेको छ । गत वर्ष ५ करोड १२ लाख ४८ हजार रुपैयाँ आम्दानी गरेको थियो ।  

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit