विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १४, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले निर्माण गरीरहेको ४ सय केभी तामाकोसी–बाह्रबिसे प्रसारण लाइन आयोजनाको काम तिव्र गतिमा अघि बढेको छ । रामेछापको साँखेदेखि सिन्धुपाल्चोकको बाह्रबिसे खण्डको काम तिव्र गतिमा अघि बढेकाे हाे ।

लाइनको ४१ वटा टावर खडा भइसकेको आयोजनाका इन्जिनियर गजेन्द्र यादवले बताए । उनका अनुसार ७१ वटा टावरको जग खन्ने काम सकिएको छ। अब, छिट्टै तार तान्ने काम सुरु गर्ने पनि यादवले बताए ।

लाइनमा निर्माण गर्नुपर्ने ११८ वटा टावर मध्ये दोलखामा ८५ वटा, सिन्धुपाल्चोकमा २७ र रामेछापमा ३ वटा पर्छ । दोलखामा २ वटा टावर गुठीको जग्गामा परेकाले त्यसको निर्णयका लागि क्याविनेट पठाउने तयारी छ ।

दोलखा र सिन्धुपाल्चोकमा पर्ने टावरको काम तिब्र गतिमा भइरहेको छ । यस मध्ये दोलखामा १८ वटा र सिन्धुपाल्चोकमा १३ वटा टावर वन क्षेत्रमा पर्छ । वनमा टावर निर्माणका लागि एक हजार र तारमुनी पर्ने रुख ४ हजार काट्नु पर्ने देखिएको छ । 

आयोजनाको टावरले ओगट्ने जग्गाको ९ करोड मुआव्जा वितरण भइसकेको छ। आयोजनाको दोलखामा पर्ने टावरले ओगट्ने निजी आवादी जग्गाको मुआव्जा वितरण गरेको हो । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको मुआब्जा निर्धारण समितिले तोकेको मूल्याङ्नका आधारमा आयोजनाले मुआब्जा वितरण भइरहेको छ ।

आयोजनाको टावर राख्दा २१६ रोपनी जग्गा अधिग्रहण गर्नुपर्छ । औषतमा प्रति रोपनी ७ लाख मूल्याङ्कन भएको यादवले जानकारी दिए । दोलखा जिल्लामा मात्र करिब १५ करोड मुआव्जा वितरण गर्नु पर्नेमा ६० प्रतिशत बढी वितरण भइसकेको बताए । आयोजनाले एक वर्ष अघि मात्र मुआब्जा वितरण सुरु गरेको हो ।

तामाकोसी नदी र आसपासको विद्युत् काठमाडौंसम्म पुर्याउन निर्माण गरिएको लाइन अन्तर्गत २ प्याकेजका काम भइरहेको छ । आयोजनाको पहिलो खण्डको तामाकोसी (रामेछापको साँखेदेखि सिन्धुपाल्चोकको बाह्रविसे) सम्मको नयाँ ठेक्का भारतीय कम्पनी केइसी इन्टरनेशनल लिमिटेडले पाएको छ ।

कम्पनीले करीब ४४ किलोमिटर प्रसारण लाइनको डिजाइन, उपकरण आपूर्ति, जडान र सञ्चालनका लागि एक करोड ७३ लाख १७ हजार अमेरिकी डलर र ७१ करोड ७७ लाख ९७ हजार (करबाहेक) रुपैयाँमा ठेक्का पाएको आयोजना प्रमुख रमणराज शर्माले जानकारी दिए । आयोजना र प्रसारण लाइनको जिम्मा पाएको कम्पनी केइसीले संयुक्त रुपमा सर्भे र डिजाइनपछि टावरको गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit