विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १२, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । प्रभावित स्थानीयले दोल्ती पावर कम्पनी लिमिटेड र भूगोल इनर्जी कम्पनी लिमिटेडको सेयर आवेदन दिने आज अन्तिम दिन हो । यी कम्पनीले फागुन ८ गते देखि निष्कासन गरेको सेयर आज साँझ ५ बजेबाट सकिन लागेको हो । 

दोल्ती पावर कम्पनी लिमिटेडले प्रभावित स्थानीयका लागि जारी पूँजीेको १० प्रतिशत अर्थात ५ करोड ३६ लाख ४८ हजार ६ सय रकम बराबरको ५ लाख ३६ हजार ५ सय ८६ कित्ता साधारण सेयर निष्कासन गरेको हो । अति प्रभावित क्षेत्र नौमुले र कालिका गाविसमा स्थायी बसोबास गर्ने स्थानीय बासिन्दाकाहरूको लागि २ लाख ६८ हजार २ सय ४३ कित्ता र आयोजना प्रभावित क्षेत्र दैलेख जिल्ला (नौमुले र कालिका गाविस बाहेक) का स्थानीय बासिन्दाका लागि २ लाख ६८ हजार २ सय ४३ कित्ता सेयर निष्कासन गरेको हो ।

कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न एन आईसी एसिया क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ । कम्पनीको दैलेखमा ४.५ मेगावाटको पदम खोला जलविद्युत आयोजना सञ्चालनमा छन् । 

यसैगरी, भूगोल इनर्जी कम्पनी लिमिटेडले पनि अति प्रभावित क्षेत्र नौमुले द्वारी–३ दैलेखमा बसोबास गर्ने स्थानीय बासिन्दाका लागि २ लाख ७२ हजार २६ कित्ता सेयर र आयोजनाबाट प्रभावित स्थानीयका लागि २ लाख ७२ हजार २७ कित्ता सेयर गरेको थियो ।

कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न एन आईसी एसिया क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ । कम्पनीको दैलेख जिल्लाको द्वारी खोलामा ३.७५ मेगावाटको द्वारी खोला स्मल जलविद्युत आयोजना सञ्चालनमा छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit